अविनाश चौधरी
धनगढी, जेठ २ गते । महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँ समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले शुक्रबार प्रदेश प्रमुखसमक्ष सातौं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायहरुले प्रत्येक प्रदेशका सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्नु पर्ने व्यवस्था रहेको छ । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख मियाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अनिवार्य रहेको धारणा राख्नुभयो ।
सो अवसरमा नायब महालेखा परीक्षक पशुपति काफ्ले, निमित्त सचिव शेखरकुमार रोकाया, प्रदेश प्रमुखका स्वकीय सचिव साविर अलि, अधिकृत शमशेरबहादुर रावल, गंगाराम सापकोटा, दीर्घराज भट्ट, कानुन अधिकृत पूजा रतौकी लगायतको उपस्थिति रहेको थियो ।