• २५ जेठ २०८२, आइतबार

नहरमा वृद्धाको शव फेला

blog

खेमराज सापकोटा

रानी (मोरङ), जेठ २५ गते । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शव ग्रामथान–७ की ८९ वर्षीया तिलमाया खड्काको हो । शनिबारदेखि हराइरहेकी खड्का आइतबार दिउँसो करिब १२ बजे नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नाायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । 

हराइरहेकी उहाँको परिवारले खोजी गरे पनि फेला नपरेपछि स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले शव उठाएर कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ ।