काठमाडौँ, जेठ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो।
सो अवसरमा दुई देशबिच रहँदै आएको आपसी हित, मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुथ्यो ।