• ३ जेठ २०८२, शनिबार

सेती नदीमा हामफालेका युवकको उद्धार

blog

काठमाडौँ, जेठ ३ गते । शुक्रवार राती पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदिमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०-२१ वर्षको युवक आत्महत्याको लागि हामफालेका पछि सशस्त्र प्रहरीको टोलीले राती ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप  रेस्क्यु प्रयोग गरी उद्धार गर्न सफल भएको हो ।

अन्दाजी १०० मिटर तल सेती नदिको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई  उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।