शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चुलेसीको धारमा प-यो, कठै ! मेरो जिन्दगी
आँसुको दहमा डुब्यो, कठै ! मेरो जिन्दगी
कसैलाई रुवाउने भो, कसैलाई हँसाउने भो
बेइमानीको जालमा प-यो, कठै ! मेरो जिन्दगी
आफ्नै सम्झी मैले, तन मन साटिदिएँ
बैगुनीको हातमा प-यो, कठै ! मेरो जिन्दगी ।