• ३ जेठ २०८२, शनिबार

‘सञ्जयको जय होस्’

blog

साहित्यमा सञ्जय थापा । राजनीतिमा प्रदीप नेपाल । व्यक्ति एक, नाम दुई । व्यक्तित्व पनि दुवै । मानिसहरूले उहाँलाई दुवै नाममा चिन्थे । नेता र साहित्यकारका रूपमा उहाँका दुवै नाम चलेका थिए । दुवै क्षेत्रमा उहाँको व्यक्तित्व स्थापित पनि थियो । 

एउटा त्यस्तो समय पनि थियो, जुनबेला साहित्य पनि सेन्सरसिपमा थियो । व्यवस्थाको विरोध र परिवर्तनको पैरवी गर्ने साहित्यिक प्रकाशनहरू सेन्सरसिपमा पर्थे । विद्रोह र व्रmान्तिका कुरा लेख्न निषेध थियो । सक्कली नाममा विद्रोहका कुरा लेख्यो भने त्यो लेखक शासकको निसानामा पथ्र्यो । उसलाई जेलनेलको सजाय हुन्थ्यो । व्यवस्थाविरुद्ध भूमिगत ढङ्गले राजनीति गर्न र लेख्नका लागि सक्कली नाम प्रयोग गर्न कठिन थियो । त्यसैले निरङ्कुश पञ्चायतकालमा कतिपय भूमिगत नेता र लेखकले अर्कै नाम प्रयोग गर्थे । प्रदीप नेपालको लेखकीय नाम सञ्जय थापा हुनुको कारण पनि त्यही नै थियो । त्यसमा पनि उहाँ जेलब्रेकको घटनामा सरकारी खोजीमा रहेका कम्युनिस्ट नेतामध्येमा हुनुहुन्थ्यो । त्यसैले उहाँका लागि राजनीति र साहित्य दुवैतिर अर्काे नामको प्रयोग बाध्यता पनि थियो । त्यही बाध्यतामा उहाँ पञ्चायतकालमा साहित्यिक रचनामा ‘सञ्जय थापा’ नामले परिचित रहनुभयो । 

किशोरावस्थादेखि नै राजनीति र साहित्यमा रुचि राख्न थाल्नुभएका प्रदीप नेपाल केही समय ‘राल्फा’ आन्दोलनमा पनि संलग्न रहनुभयो । दाजु मञ्जुलसँगै पारिजात, रामेश, रायन आदिसँगको सङ्गतमा उहाँ राल्फा आन्दोलनसँग जोडिन पुग्नुभएको थियो । त्यसबेला उहाँ ‘सिरोज सिनोभ’ नाममा फाट्टफुट्ट गीत र कविता लेख्नुहुन्थ्यो । प्रदीप नेपालले ‘भूमिका सुब्बा’ को नाममा पनि गीत लेखेको देखिन्छ । उहाँले ‘सुवर्ण’ नाममा केही साहित्यिक तथा वैचारिक लेख पनि लेख्नुभएको थियो । त्यसबाहेक पनि समय समयमा, विविध विषयमा राजनीतिक र साहित्यिक लेख लेख्ने व्रmममा उहाँले अनेक उपनामको प्रयोग गर्नुभएको थियो । 

४० को दशकमै प्रदीप नेपालले नेपाली कथा लेखनमा सञ्जय थापाको नामबाट आफ्नो उपस्थिति जनाउनुभएको थियो । कम्युनिस्ट आन्दोलनको कठोर भूमिगत जीवनसँगै उहाँले आफ्नो कथाकारितालाई अगाडि बढाउनुभएको थियो । लेखनको प्रारम्भिक चरणमा कम्युनिस्ट नेता हुनुका कारण उहाँ के लेख्ने, कसरी लेख्ने र कस्तो लेख्ने भन्ने कुरामा सचेत हुनुहुन्थ्यो । ‘लेखकीय स्वतन्त्रता’ होइन, ‘लेखकीय प्रतिबद्धता’ उहाँको लेखनको सीमा थियो । कुनै समय 

‘माक्र्सवाद–लेनिनवाद र मा ओ विचारधारालाई सदर नगर्ने लेखकलाई लेखक नै नठान्ने’ प्रदीप नेपाल आफ्नो सिद्धान्त अनुसार व्यवहारमा पनि त्यति नै कट्टर देखिनुहुन्थ्यो । उहाँ विषयवस्तुको चयन गर्दा पनि कम्युनिस्टसँग सम्बन्धित विषयलाई नै महत्त्व दिनुहुन्थ्यो । लेख्दा पनि हरहिसाबले कम्युनिस्ट विचारमै आधारित भएर लेख्नुहुन्थ्यो । छाप्ने कुरामा पनि उहाँ कम्युनिस्टइतर पत्रपत्रिकालाई महत्त्व दिनुहुन्नथ्यो । त्यसमा पनि आफ्नै पार्टीभित्रका प्रकाशन वा आफ्नो पार्टीका समर्थक, शुभेच्छुकका प्रकाशनलाई प्राथमिकता दिने बानी उहाँको थियो । त्यही कट्टरता कै कारण उहाँले राम्रा र स्तरीय कथा लेखे पनि ती कथाले तत्काल सार्वजनिक चर्चाको अवसर पाउँदैन्थे । जस्तै उहाँको एउटा उत्कृष्ट कथा हो, ‘थैले खत्रीको इतिहास’ । उहाँले त्यो कथा ४० कै दशकमा लेख्नुभएको थियो तर सुरुमा त्यो कथा एउटा घेरामा सीमित रह्यो । त्यसले सार्वजनिक रूपमा आमपाठकमा पुगेर बाहिरी चर्चा पाउने अवसर नै पाएन । त्यसले चर्चा पाउन ५० को दशक कुर्नुपर्‍यो । 

४० कै दशकमा लेखिएको उहाँको अर्को चर्चित कथा थियो, ‘सूर्जेमानको बाल्यकाल’ । सुरुमा उहाँले यसलाई एउटा कथाका रूपमा लेख्नुभएको थियो । यसको सुरुको अंशले सीमित पाठकका बिचमै पनि राम्रो चर्चा पाएपछि उहाँले यसलाई शृङ्खलाकै रूपमा अघि बढाउनुभयो । सूर्जेमानको कथा शृङ्खलाका रूपमा यस कृतिले सार्वजनिक चर्चा पाउन पनि ५० कै दशक कुर्नुपर्‍यो ।    

५० को दशकको उत्तराद्र्धतिर राजनीतिक परिवेशमा पनि परिवर्तनका सङ्केतहरू देखिए । साहित्यिक आन्दोलन पनि अलि फराकिलो बन्न पुग्यो । त्यस परिस्थितिको निर्माण पञ्चायती शासनविरोधी नेता र लेखकले नै गरेका थिए । त्यसमा प्रदीप नेपाल आफैँ पनि संलग्न रहनुभएको थियो । उहाँ आफ्नो राजनीतिक प्रतिबद्धतामा कट्टर नै देखिए पनि साहित्यमा अलि फराकिलो मन बोकेर प्रस्तुत हुन थाल्नुभयो । उहाँको लेखनको चर्चाले पनि व्यापकता पाउन थाल्यो । 

साझा प्रकाशनको साहित्यिक प्रकाशन ‘गरिमा’ मासिकको ५० को दशकको मध्यतिरको एक अङ्कमा  ‘श्रीमतीजी’ शीर्षकको एउटा कथा प्रकाशित भयो । सञ्जय थापाका नाममा प्रकाशित त्यो कथा धेरैका लागि प्रशंसनीय रह्यो । कथा छोटो भईकन राम्रो र स्तरीय थियो । मनोविज्ञानको एउटा पक्षलाई कथाकारले प्रभावशाली ढङ्गले उजागर गर्नुभएको थियो । राजनीतिक कथालेखनमा सव्रिmय सञ्जय थापाले गैरराजनीतिक, सामाजिक, पारिवारिक विषयलाई कथाको विषय बनाएकाले पनि त्यो कथाको चर्चा भएको थियो । उक्त कथाको प्रकाशनपछि सञ्जय थापा धेरैको खोजीका लेखक बन्नुभयो । धेरैको प्रश्न सुनिन्थ्योे ‘सञ्जय थापा भनेको को हो ?’ पाठक, समालोचक र पत्रपत्रिकाका सम्पादकसमेत उहाँको खोजीमा लागे तर सञ्जय थापा कसैले पत्ता लगाउने ठाउँमा हुनुहुन्नथ्यो । उहाँ भूमिगत कम्युनिस्ट पार्टीको भूमिगत जीवनमा देशको कुन कुनामा हुनुहुन्थ्यो, कसैलाई थाहा थिएन । 

प्रतिबन्धित र भूमिगत अवस्थामा रहेका विभिन्न कम्युनिस्ट पार्टीका लेखकको २०४३ साल फागुनमा भएको अनौपचारिक भेलाले २०३४ सालदेखि चाबहिलबाट प्रकाशित हुँदै आएको ‘उत्साह’ त्रैमासिक साहित्यिक पत्रिकालाई वामपन्थी लेखकको ‘साझा सहमति’ मा मासिक रूपमा प्रकाशित गर्ने निर्णय गरेको थियो । पत्रिकाको सम्पादक मण्डलमा रमेश विकल, पारिजात, आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौलालगायतका लेखकहरू रहनुभएको थियो । हामी केही साथीहरू पत्रिकाको कार्यकारी सम्पादकको भूमिकामा थियौँ । उक्त पत्रिकामा अन्य विधाका अतिरिक्त कुनै राम्रो उपन्यासको पाण्डुलिपि प्राप्त भएमा त्यसको अंश पनि व्रmमशः छाप्दै जाने विषयमा सम्पादक मण्डलमा छलफल भइरहेको थियो । त्यस विषयलाई सम्पादक मण्डलको बैठकमा प्रवेश गराउनुभएको थियो लेखक÷साहित्यकार आनन्ददेव भट्टले । पटक पटकका बैठकमा त्यस विषयमा छलफल भए पनि कुनै निर्णय भने भएको थिएन ।  त्यसबेला मासिक रूपमा प्रकाशित हुने भएकाले ‘उत्साह’ को सम्पादक मण्डलको बैठक महिनाको एक पटक अनिवार्य बस्थ्यो । एउटा बैठक आनन्ददेव भट्टकै कालिकास्थानस्थित घरमा बसेको थियो । बैठक सुरु हुनेबित्तिकै उहाँले एउटा उपन्यासको पाण्डुलिपिको प्रतिलिपि आफ्नो अगाडि राख्नुभयो । सुन्दर अक्षरमा लेखिएको त्यस उपन्यासको शीर्षक थियो ‘पूर्वतिर’ । त्यसका लेखकको नाम थियो सञ्जय थापा । आनन्ददेव भट्टले त्यो उपन्यास आफूले पढेको र आफूलाई राम्रो लागेको बताउनुभयो । उहाँले उपन्यासका अंशहरू उत्साहमा व्रmमशः छाप्दै जाँदा उपयुक्त हुने प्रस्ताव राख्दै भन्नुभएको थियो, “यी लेखकलाई म पनि चिन्दिन तर यो पाण्डुलिपि मकहाँ आइपुगेपछि मैले पढेँ । मलाई राम्रो लाग्यो । एउटा राम्रो राजनीतिक उपन्यास हो यो । हामीले उत्साहका हरेक अङ्कमा यस उपन्यासको एउटा एउटा अंश व्रmमशः छाप्दै गयौँ भने पत्रिकाको स्तर उकास्ने र पत्रिकालाई व्यापक पाठकमा पुर्‍याउने कुरामा पनि सहयोग पुग्ने छ ।”

त्यो उपन्यास उहाँले अरूलाई पनि पढ्न दिनुभयो । पढ्नेले उपन्यासलाई राम्रो माने । उनीहरूले उपन्यास छाप्नयोग्य भएको धारणा पनि राखे तर ‘उत्साह’ को सम्पादक मण्डलले आनन्ददेव भट्टको प्रस्तावलाई स्वीकार गरेन । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उहाँले भन्नुभएको थियो, “यो उपन्यास राम्रो भएकाले हामीले नछापे पनि अरू कसैले त छापिहाल्छ । म त भन्छु यति राम्रो उपन्यास लेख्ने सञ्जय थापाको जय होस्, जय हुन्छ ।” नभन्दै, आनन्ददेव भट्टले त्यसो भन्नुभएको केही समयपछि नैै सञ्जय थापाको ‘जय’ नै भयो । त्यो उपन्यास पुस्तकाकारमा प्रकाशित भयो । उपन्यासले पाठकबाट राम्रै प्रशंसा पायो । कथाकारका रूपमा चिनिनुभएका सञ्जय थापालाई ‘पूर्वतिर’ उपन्यासले उपन्यासकारका रूपमा पनि चिनायो । त्यसपछि उहाँले कथासँगसँगै उपन्यास लेखनलाई पनि निरन्तरता दिनुभयो । 

एकहत्तर वर्षको जीवनयात्रामा प्रदीप नेपालले झन्डै चार दशक आफूलाई लेखनमा सव्रिmय राख्नुभयो । शारीरिक अस्वस्थताका कारण विगत १० वर्षयता उहाँले उल्लेख्य केही लेख्नसकेको देखिँदैन । लगभग चार दशकको लेखनयात्रामा उहाँले चार दर्जनभन्दा बढी कृतिहरू लेख्नुभयो । तिनमा साहित्यिक दृष्टिले कथा, उपन्यास र संस्मरणका कृतिहरू प्रमुख छन् । उहाँका उल्लेखनीय कृतिमा ‘सूर्जेमान कथा शृङ्खला’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘आकाशगङ्गाको तीरैतीर’, ‘देउमाईको किनारमा’, ‘मुक्त आकाशको खोजी’, ‘पार्टीकी आमा’, ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘खुइते कडेरिया’, ‘बर्बरिक’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छोडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, 

‘फेवाको सुस्केरा’, ‘कथाभित्रका नारी अनुहारहरू’, ‘बेचिएका चेलीहरू’, ‘परोपकार यात्रा’ र ‘धरहराको सहर’ रहेका छन् । 

प्रदीप नेपालले अधिकांश साहित्यिक रचना÷कृति सञ्जय थापाकै नाममा लेख्नुभयो । २०३५ देखि २०५५ सालसम्मको २० वर्षको अवधि उहाँको साहित्यिक कर्मको उर्वर काल रह्यो । सञ्जय थापाका नाममा उहाँका उल्लेखनीय साहित्यिक रचना÷कृति तथा लेखन÷प्रकाशन यही अवधिमा भएको देखिन्छ । 

आख्यानकार प्रदीप नेपालका आदर्श कम्युनिस्ट नेता हुनुहुन्थ्यो, मदन भण्डारी र रत्नकुमार वान्तवा । उहाँले मदन भण्डारीलाई आदर्श मानेर ‘बर्बरिक’ उपन्यास लेख्नुभयो । रत्नकुमार वान्तवालाई आदर्श मानेर ‘देउमाईको किनारमा’ उपन्यास लेख्नुभयो । ‘देउमाईको किनारमा’ उपन्यासको चलचित्रसमेत बनेको छ । 

भौतिक शरीरमा अब प्रदीप नेपाल हुनुहुन्न । नेपाली साहित्यको कथा, उपन्यास र निबन्ध÷संस्मरण विधामा उहाँको हस्तक्षेप जब्बर छ । जीवनको पछिल्लो कालमा राजनीतिबाट हराए पनि साहित्यका क्षेत्रमा उहाँको उपस्थिति त्यति सजिलै हराउने खालको छैन । नेपाली साहित्यमा उहाँको उपस्थिति दर्बिलो छ । आनन्ददेव भट्टले भन्नुभए झैँ साहित्यकार प्रदीप नेपालको नेपाली साहित्यमा ‘जय’ नै भएको छ । विशेष गरी प्रगतिशील नेपाली साहित्यको भण्डारमा उहाँको योगदान सार्थक र मूल्यावान् रहेको छ ।      

Author

शार्दूल भट्टराई