• ३ जेठ २०८२, शनिबार

नेपाल सेमिफाइनलमा बङ्गलादेशसँग स्तब्ध

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै बङ्गलादेश र नेपालका खेलाडी ।

कामाडौँ, जेठ ३ गते । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

भारतको अरुणाञ्चलस्थित गोल्डन जुब्ली रङ्गशालामा शुक्रबार भएको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले स्तब्ध बन्यो । 

बङ्गलादेशको जितमा अशिकुर रहमानले ७४औँ र कप्तान नज्मुल हुदा फैसलले ८१औँ मिनेटमा गोल गर्नुभयो । नेपालका लागि सुजन डङ्गोलले ८७औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । 

नेपाल समूह ‘बी’ को उपाविजेता र बङ्गलादेशले समूह ‘ए’ को विजेतामा रुपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।

बङ्गलादेशले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नैछ । भारतले अर्को सेमिफाइनलमा माल्दिभ्सलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।