• ३ जेठ २०८२, शनिबार

प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचाको निधन

blog

काठमाडौँ, जेठ ३ गते। नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति नेपाली काँग्रेस ओखलढुङ्गा नेता महेशकुमार कोर्मोचाको शुक्रवार निधन भएको छ । प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको बी एन्ड बी अस्पतालले जनाएको छ ।

उहाँ ‘बिपी कोइरालासँग समीपमा रहेर काँग्रेसका हरेक आन्दोलनमा जोडिनुभएको थियो । कोर्मोचाको निधन प्रति काँग्रेसका अगुवा नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँले बेलायत आर्मीको जागिर छोडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएकाे थियो । 

कोर्मोचा दुई पटक ओखलढुङ्गा जिल्ला सभापति हुनुभयो ।