काठमाडौँ, जेठ ३ गते । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनमा प्रवेश गरेको छ ।
समूह ‘सी’ मा हङकङ र नेपालका समान पाँच अङ्क भएपनि नेपाल बढी जित निकालेको आधारमा आधारमा अगाडि रहेको हो ।
नेपाल लिग चरणको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन अवस्थामा थियो । यता हङकङ चार खेलमा खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो ।
यदि लिग चरणको अन्तिम खेलमा हङकङले बहराइनलाई हाएको भए नेपालको सम्भावना सकिने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो र नेपाल भाग्यमानी बन्यो ।
सुपर तीनमा नेपालले संयुक्त अरव इमिरेट्स र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सुपर तीनको शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।