पर्याप्रेमको गुञ्जन
मानव र प्रकृतिबिचको अन्तर सम्बन्धबाट वाताबरणको अवस्था निर्धारण हुने गर्दछ र त्यसको प्रभाव व्यक्ति, समाज, राष्ट्र तथा समस्त प्राणी जगतमा पर्ने गर्दछ । तर वर्तमान सन्दर्भमा मानव र प्रकृतिबिचको सम्बन्धमा असन्तुलन स्थिति सृजना भई मानिस तथा जीव जन्तुहरूले विभिन्न प्रकारका बिपत्ति, सङ्कट तथा अबरोहहरूको सामना गर्नु परेको कुरालाई कवि कृष्ण बाउसेले पर्याप्रेमको गुञ्जन कविता सङग्रह मार्फत व्यक्त गरेका छन् । सामान्य रूपमा भन्नु पर्दा पर्याप्रेमको गुञ्जन कविता सङग्रह भित्रका अधिकांस कविताहरू पर्यावरण दर्शनमा आधारित देखिन्छ । पर्यावरणभित्र मानव, वातावरण, वस्तु, प्रकृतिका विविध सृजना तथा प्रव्रिmयाका साथै यसको अन्तर स
रित्तिदै पहाड
बैतडीमा मध्य पहाडी लोकमार्ग भए पनि काठमाडौँ चल्ने बसले यात्रु नपाउँदा बससेवा ठप्प छ । कुल १८ करोड रुपियाँ खर्च गरेर निर्माण भएको बैतडी विमानस्थलको हवाईउडान पनि बन्द छ । पहाडमा गुड्ने र उड्ने साधनले यात्रु पाउन सकेका छैनन् । बैतडीका १० स्थानीय तहका ८४ वडामा सडक सञ्जाल पुगे पनि रिजर्भ बाहेक गाडी चल्दैनन् । अवसरको खोजीमा मानिसले पहाड छोड्न थालेपछि गाउँ बस्ती उजाड बनेको छ ।
‘तयारी पोसाक निर्यातको इतिहास दोहोर्याउन सकिन्छ’
सरकारले नीतिगत सहजीकरण गरे नेपालको तयारी पोसाक निर्यातलाई विगतकै अवस्थामा फर्काउन सकिने सरोकारवालाले औँल्याएका छन् । नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभामा सहभागीले सरकारको साथ र निजी क्षेत्रको उत्साहलाई सही ढङ्गले परिचालन गर्न सके निर्यात र आन्तरिक खपतलाई व्यापक बनाउन सकिने धारणा राखेका छन् । कार्यक्रममा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले सन् १९८० को दशकबाट नेपालमा तयारी पोसाक उद्योग स्थापना भएको र निर्यातमा इतिहास लेखेको प्रसङ्ग उल्लेख गर्दै सरकारको नीतिगत सुधार तथा निजी क्षेत्रलाई प्रवर्धन गर्ने हो भने निर्यात व्यापारलाई उकास्न धेरै समय नलाग्ने जिकिर गर्नुभयो ।
अर्थतन्त्र मापनको आधार वर्ष फेरिँदै
मुलुकको अर्थतन्त्र मापन (राष्ट्रिय लेखामान) मा महत्वपूर्ण मानिने आधार (बेस) वर्ष परिवर्तन गरिने भएको छ । अर्थतन्त्रमा पछिल्लो समय भित्रिएका नयाँ प्रवृत्ति र क्षेत्रसमेत सामेल गर्ने गरी आधार वर्ष परिवर्तनको तयारी सुरु गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले जानकारी दिनुभयो । आधार वर्ष परिवर्तनपूर्व करिब ४० वटा विभिन्न किसिमका सर्वेक्षणको काम अघि बढाइएको उहाँले बताउनुभयो । नेपालले अहिले सन् २०१०/११ लाई आधार वर्ष मानेर सो समयका स्थिर सूचकका आधारमा अर्थतन्त्रको आकार गणना गर्दै आएको छ ।
सुनको मूल्य छ हजारले बढ्यो, बिक्री न्यून
एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।
मेगा सभा हल निर्माणको पहल
राजधानीको भृकुटीमण्डपमा मेगा सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिका जग्गाको खोजीमा छ । जग्गा प्राप्त नहुँदै नीति कार्यक्रममा राखेको सभा हल निर्माणको कार्यले गति लिन सकेको छैन । काठमाडौँ महानगरले समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गामा सभा हल बनाउने प्रयास गरेको हो तर त्यसबारे परिषद्सँग कुरा मिल्न सकेको छैन । परिषद्ले जग्गा दिने विषयमा तत्काल निर्णय नहुने पनि जनाएको छ । त्यसैकारण महानगरको प्रयास चार वर्षदेखि सफल हुन सकेको छैन । समाज कल्याण परिषद्को स्वामित्वमा भृकुटीमण्डपको २१४ रोपनी जग्गा रहेको छ ।
महिला लगानीको नयाँ क्षेत्र खोजी
विश्वमा महिलालाई पुरुषसरह श्रमको ज्याला र मतदान अधिकारको मागलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको ५० वर्ष लागेको छ ।
पारिवारिक निजी वन संघको अध्यक्षमा गौतम
पारिवारिक निजी वन संघ, नेपाल धनकुटाको तेस्रो जिल्ला अधिवेसन शनिवार धनकुटास्थित पाख्रिबासमा सम्पन्न भएको छ । अधिवेसनले दिपेन्द्र गौतमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी
पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी हुनु भएको छ ।
सन्त नेता किसुनजीको जीवनीबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनीबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
नेपाल संकटको भूमरीबाट गुज्रदैछ : उपाध्यक्ष बादल
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
छाँयाक्षेत्रको आम्दानी साढे ६ लाख
महाशिवरात्रीको अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको आम्दानी छ लाख ४६ हजार ३३४ रुपियाँ भएको छ ।
परियार सेवा समाजको अध्यक्षमा सुन्दास
परियार सेवा समाजको अध्यक्षमा बलबहादुर सुन्दास निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न समाजको २८ औँ साधारण सभा तथा एकता भेलाले १२१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
‘यो सरकार दृढ भएर अघि बढ्न सकोस्’
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरणको सरकारलाई सफलताको शुभकामना दिनुभएको छ । शनिबार विज्ञप्ति जारी गर्नुहुँदै उहाँले शुभकामना दिनुभएको हो ।
विज्ञ भन्नुहुन्छ ‘फ्रेस जनशक्ति ल्याउने प्रयास हो’
प्यूठान जुम्रीकाँडा गाउँपालिकाका गोविन्द न्यौपाने कीर्तिपुरमा बसेर लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ । निजामती सेवामा प्रवेश गरेर केही गर्ने सोच भएका उहाँलाई पछिल्लो समय संघीय संसद सचिवालयमा दर्ता भएको संघीय निजामति सेवा ऐनको विधेयकले निरासा बनाएको छ ।
नदीमा हाम फाल्दा महिलाको मृत्यु
बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु
पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले शनिबार बताउनुभएको छ ।
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रबिचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ ।
हेटौँडामा टी–२० क्रिकेट प्रतियोगिता सुरु
हेटौँडा–४ हुप्रचौरमा अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शनिबार उद्घाटन गर्नुभयो ।
समाजवादी शक्ति निर्माणमा जुटौँ
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताउनुभयो ।
नाम्खामा दादुरा रुबेलाविरुद्धको खोप कार्यक्रम चैत १ गतेबाट
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्यक्रम आगामी चैत १ गतेबाट हुने भएको छ । हिमपातले आवतजावत गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएका कारण खोप कार्यक्रमपछि सारिएको हो ।
बालविवाह रोक्न सिफारिस अनिवार्य
कालीकोटको केही स्थानीय तहले बालविवाह रोक्न सिफारिस प्रणाली सुरु गरेका छन् । सचेतीकरणका कार्यक्रमले बालविवाह नरोकिएपछि अब विवाह गर्ने दम्पतीका आफन्तले वडा कार्यालयबाट सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने निर्णय गर्न थालेका हुन् ।
नौ महिनामै बन्यो ४० करोडको क्रिकेट मैदान
रुपन्देहीमा निजी लगानीमा ९ महिनामै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना सकिएसँगै फागुन २८ गते उद्घाटन गरेर खेल पनि सञ्चालन गरिदैछ ।
‘अर्थतन्त्रको एजेण्डामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।