नाइजेरियामा अपहरणमा परेका २५० विद्यार्थी उद्धार गर्न सेना परिचालन
नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।
आर्मी र पुलिसलाई कबड्डी उपाधि
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले कबड्डी सुपर लिगको उपाधि जितेका छन् ।
नेपाल हङकङसँग ७३ रनले पराजित
हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
देखिन छाडे इजिप्सियन गिद्धका गुँड
तराईका वन क्षेत्रमा इजिप्सियन (सेतो) गिद्धको गुँड नदेखिँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । गिद्धको सानो प्रजाति सेतो गिद्धको गुँड पछिल्ला दुई–तीन वर्ष यता तराई क्षेत्रमा नदेखिँदा अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने गिद्ध अनुसन्धानकर्ता तथा पन्छीविज्ञ कृष्ण भुसालले बताउनुभयो ।
साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी
अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ ।
मगर समुदायको सामुदायिक होमस्टे सञ्चालन
गोरखाको सहिदलखन गाउँपालिका–२ ढाँडबारीमा रहेका मगरसमुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।
माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा एक तिहाइ कमी
गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जथाभाबी फोहोर फाल्नेलाई जरिवाना
आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गरिएको छ ।
उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेतालाई उपप्रमुखको आग्रह
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेताहरूलाई आग्रह गर्नुभएको छ ।
पानी नसुक्ने चट्टानमाथि बराह जलकुण्ड
कहीँ कतैबाट पानीको स्रोत देखिँदैन तर बाह्रै महिना पानी सुक्दैन गलेश्वरस्थित बराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको बराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन ।
रामधुनी सामुदायिक वनको सातौँ वर्षमा
कोरोनाकालबाट विवादित बनेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को श्री सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूह सक्रिय भएको छ ।
मन्त्रीको शपथ लिएपछि नागरिक उन्मुक्ति पार्टीमा किचलो
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको बेला नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ ।
ओखलढुङ्गामा दुई दिनमा चार घटना
ओखलढुङ्गामा दुई दिनको अवधिमा चार वटा घटना घटेका छन् । चार दिनमा मदिरा सेवनका कारण गर्भवतीको निधन, भीरबाट लडेर युवकको मृत्यु, जङ्गलको आगो बस्ती छिर्दा एक घर जलेर नष्ट हुनुका साथै मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कारको घटना भएका छन् ।
पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
पर्यटकीय नगरी मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र स्थानीयवासी जुटेका हुन् ।
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा छ जना बेपत्ता
इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।
उत्तरपश्चिम गाजामा पाँच प्यालेस्टाइनीको मृत्यु
उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर पाँच जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु
दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।
चीनमा उपभोक्ताको मूल्य छ महिनामा पहिलो पटक बढ्यो
अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
‘रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
भारत लैजाँदै गरेको युवतीको उद्धार, तीन जना पक्राउ
भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।
साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण
झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ ।
दुई हजारभन्दा बढी बालबालिकाले लगाउन पाएनन् खोप
सिन्धुली जिल्लामा हालै सञ्चालित दादुरा–रुबेला खोप अभियानमा दुई हजारभन्दा बढी बालबालिका उक्त खोप लगाउनबाट छुटेको पाइएको छ ।
बोलेरोको ठक्करबाट बालक गम्भीर घाइते
ट्राफिक प्रहरीले चलाएको बोलेरोको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी भूपाल लामाले चलाउनुभएको बा ७ च ५९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट बाह्रबिसे नगरपालिका–३ का १३ वर्षीय दोर्जे शेर्पा गम्भीर घाइते हुनुभएको हो ।