कहिल्यै पानी नसुक्ने चट्टानमाथिको वराह जलकुण्ड
कहीँकतैबाट पानीको स्रोत देखिँदन तर बाह्रै महिना पानी रहेको हुन्छ गलेश्वरस्थित वराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको वराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन । नौ रोपनी क्षेत्रफल रहेको एउटै ठुलो चट्टानमाथि रहेको कुण्डमा सधैँ पानी रहने र कहिल्यै नसुकेर सबैलाई चकित पार्ने गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष वमबहादुर पुन गलेश्वर मन्दिरमा पूजा अर्चना कहिले सुरु गरियो भन्ने तथ्य र मन्दिर छेउमा रहेको जलकुण्डमा पानीको स्रोत कतादेखि र कहिलेदेखि भन्ने पनि कसैलाई यकिन नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो ४० वर्षको अवधिमा मलाई याद भएसम्म यहाँको जल सुकेको भन्ने थाहा छैन ।”
दोस्रो बन्यो कपिलवस्तु अस्पताल
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अङ्क हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो । न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवं अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले कपिलवस्तु अस्पताललाई ९४ प्रतिशत अङ्कसहित प्रदेशमा दोस्रो भएको घोषणा गर्नुभएको हो ।
जोखिमपूर्ण काममा नेपाली युवती
भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो ।
सङ्घीयता कार्यान्वयन
विश्वमा सङ्घीय व्यवस्था अवलम्बन गर्दै आएका मुलुकमध्ये नेपाल अहिलेसम्मको कान्छो मुलुक हो । संविधानले व्यवस्था गरे अनुरूपको सङ्घीयता कार्यान्वयनमा आएको आठ वर्ष हुँदै छ । सङ्घीयताको प्रशासनिक मोडेल अन्य मुलुकभन्दा केही भिन्न सहकार्यात्मक र अन्तरसम्बन्धित पद्धति अनुरूप आफ्नै खालको विशेषतामा अगाडि बढिरहेको छ । शासकीय क्रियाकलापमा बढीभन्दा बढी नागरिक संलग्नता गराउने राजनीतिक प्रक्रियाकेद्रित सङ्घीयताको मूल मर्मलाई आत्मसात् गर्दै अगाडि बढ्दा कार्यान्वयन तहमा बाधा व्यवधान उत्पन्न हुनु स्वाभाविक हो । यस किसिमका व्यवधान निराकरण गर्न सङ्घीय सरकारले अन्तरतह समन्व
सामाजिक न्यायको प्रत्याभूति
विसं २०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लडेर सफलता पाएदेखि नेपालमा गठबन्धन संस्कृतिले मौलाउने मौका पाएको छ । त्यस चुनावमा दुई पार्टीका सङ्घीय सांसदको कुल सङ्ख्या लगभग दुई तिहाइ हाराहारी पुगेपछि त चुनावमा गठबन्धन गर्नै पर्छ भन्ने मान्यताले नेपालका राजनीतिक दलमा भर गरेको पाइन्छ । नेपालको संविधानमा नै एक दलले बहुमत ल्याई सरकार गठन गर्न असम्भव जस्तै व्यवस्था गरिएका कारण यसलाई संस्कृतिका रूपमा विकसित गर्नुपर्नेमा विकृतिका रूपमा परिभाषित गर्दै जाँदा गठबन्धन शब्दलाई नै बिटुलो मान्न थालिएको छ ।
महिला, अर्थतन्त्र र विकास
मार्च ८ मा विश्वभर महिला दिवस मनाइयो । अन्तर्राष्ट्रिय नारी दिवसको लामो इतिहास छ । यसले महिलाले भोगेका भेदभाव र दुःखका साथै उनीहरूले अधिकार प्राप्तिका लागि गरेको सङ्घर्षलाई स्मरण गराउँछ । अमेरिकामा सन् १९०८ मा महिला समानताका लागि भएको महिलावादी आन्दोलनको सम्झनामा सन् १९११ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको हो । यसमा अमेरिकाको समाजवादी पार्टीको अगुवाइ रहेको पाइन्छ । उक्त आन्दोलनमा १५ हजार महिलाले आफूहरूमाथि भएको काम गर्ने समय, ज्याला दर र मतदानमा रहेका असमानता हटाउनु पर्ने मागसहित ¥याली निकालेका थिए । यो दिवस सन् २०११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो ।
नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुनै पनि पशु फर्म वा गोठमा नयाँ पशु ल्याउँदा त्यसलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड तय गरेको छ । कृषि मन्त्रालयले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० मा सो मापदण्ड उल्लेख गरेको छ । गोठ वा पशुपालन गर्ने फार्ममा स्वस्थ पशु राख्नु पर्छ । अन्यत्रबाट नयाँ पशु ल्याउँदा स्वस्थ प्रमाणित पशु मात्र ल्याउनु पर्छ र त्यस्ता पशुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।
बजेटबारे संसद्को नियमावली
नेपालको संविधानको धारा ११९ बमोजिम प्रत्येक आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा जेठ १५ गते पेस गर्नुपर्ने छ । राजस्व तथा व्ययको अनुमानलाई स्वीकृत नगरेसम्म कार्यान्वयन हुन नसक्ने संवैधानिक बाध्यता छ । साथै सङ्घको बजेट पारित भएपछि त्यही आधारमा प्रदेश तथा स्थानीय तहमा बजेटको व्यवस्थापन हुने संवैधानिक तथा कानुनी पाटो रहेको छ । यसर्थ बजेटको प्राथमिकता र सिद्धान्तले बजेट निर्माणमा महìवपूर्ण भूमिका निर्वाह गर्ने हुनाले प्रत्येक वर्ष बजेटको प्राथमिकता र सिद्धान्तको सन्दर्भमा सङ्घीय संसद्मा छलफल हुने संवैधानिक तथा कानुनी व्यवस्था पनि छ ।
मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु
पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गर्नुभएको छ ।
अख्तियारको सक्रियता
नेपालको संविधान, २०७२ को धारा २३८ मा संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । संविधानले अख्तियारको काम, कर्तव्य र अधिकारसमेत तोकेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्न आयोगले अख्तियार ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार नियमावली, २०५९ एवं अन्य प्रचलित अन्य कानुनी व्यवस्था र आयोगको कामकारबाहीसम्बन्धी कार्यविधि, निर्देशिका एवं मापदण्डमा आधारित भई सदाचार, निष्पक्षता र निर्भीकताको सिद्धान्त अवलम्बन गरी कार्यसम्पादन गर्दै आएको कुरा कसैबाट छिपेको छैन ।
हिमालको काखमा मुदी गाउँ
चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मा अवस्थित मुदी गाउँ ।
अन्धविश्वासको चित्र ‘बोक्सीको घर’
चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
उत्तरी धावनमार्ग विस्तारका क्रममा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको धावनमार्ग छुने समानान्तर ट्याक्सीवे विस्तार गर्न लागिएको छ । विस्तारका लागि निर्माणको काम सुरु भएका कारण उत्तरी क्षेत्र (बौद्ध) बाट हुने जहाज अवतरणमा तीन महिना रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको हो ।
विश्वासको मत लिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा विश्वासको मत र राष्ट्रिय सभाको अध्यक्षमा उक्त दलका तर्फबाट उम्मेदवारीबारे छलफल पनि भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ भने मङ्गलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने कार्यतालिका छ ।
बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी
धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आत्मनिर्भरका लागि साबुन उद्योगमा महिला
तनहुँका म्याग्दे गाउँपालिकाले आवश्यक तालिम दिने मात्रै नभई उत्पादन भएका सामग्री बजारीकरण हुन थालेपछि महिलाले फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेका छन् । हातमा सिप नहुँदा फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । म्याग्दे गाउँपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साबुन बनाउने निःशुल्क तालिम पाएपछि उत्साहका साथ म्याग्दे गाउँपालिका–४, थुर्पका महिलाले उद्यमी बन्न सक्रियता देखाएका छन् ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत
सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
पर्यटकीय गन्तव्य लुम्बिनी
शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । इशापूर्व ५६३ वैशाख पूर्णिमामा आमा मायादेवीको कोखबाट सिद्धार्थ गौतमबुद्धको जन्म भएको स्थल हो लुम्बिनी । लुम्बिनी विश्वकै धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । मायादेवी आफ्नो घर कपिलवस्तुबाट माइती देवदह जाँदैगर्दा बाटोमै लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणको केन्द्र बनेको छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको नामले यस प्रदेशको पनि नामकरण गरिएको छ ।
अशक्त किशोरी बलात्कार आरोपमा युवा पक्राउ
अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवक पक्राउ परेका छन् । भेरी नगरपालिका ५ छिप्रेनाका २६ वर्षीय दुर्गबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
ती दिन फेरि आउला र ? [कथा]
“खान्नँ के म कति भन्नु त्यहि एउटै कुरा पनि, छ्या” भन्दै रीया भित्र कोठाबाट झर्को मान्दै उत्तर फर्काउँछे । आफ्ना सन्तानको पेट भर्न अघि सरेकी ती आमा त्यही ढोकाबाहिर मन खिन्न बनाएर बस्न बाध्य हुन्छिन् । पाँचौँ पटकसम्म त्यही ढोकासँग बोलेसरह महसुस गरेकी मेरी आमालाई छैटौँ पटक भने झर्केको नै आवाज आउँदा पनि मनलाई केही राह
किसानसँग लाखौँ रुपियाँ ठगेर कृषि कार्यालयका कर्मचारी फरार
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् ।