• २२ वैशाख २०८१, शनिबार

बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी

blog

धरान, फागुन २६ गते । धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ५९औँ मिनेटमा धरानका लागि मिलन राईले गोल गरी अग्रता दिलाएका थिए । तर  युकेएफसीका लागि नयन प्रधानले ७३औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । 

निर्धारित ९० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि  पेनाल्टीमार्फत विजेताको टुङ्गो लगाइएको थिये । पेनाल्टी सुटमा पनि समान ५–५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा १०–९ गोलले धरानले जीत निकालेको हो । 

खेलको प्लेयर अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ भए । प्रतियोगिता अन्तर्गत आज(आइतबार) न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।