सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्।
माओवादीका नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ ।
एमालेले थाल्यो गण्डकी सरकार गठनको पहल
नेकपा (एमाले) ले गण्डकी प्रदेशमा सरकार गठनको पहल थालेको छ । केन्द्रमा फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएपछि एमालेले यहाँ सो पहल थालेको हो ।
दुई कृतिमाथि विमर्श
ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
पालिकागानसहित स्थापना दिवस सम्पन्न
साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँ कार्यपालिकाको आठौँ स्थापना दिवस सम्पन्न भएको छ ।
दाङ खण्डमा राजमार्ग अवरुद्ध
पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड अवरुद्ध भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका हुन् ।
तनहुँमा दश जनाले लिए आमाको नामबाट नागरिकता
जिल्ला प्रशासन कार्यालय तनहुँबाट दश जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता लिएका हुन् ।
मिथिला माध्यमिक परिक्रमा सुरु
१८ औँ शताब्दीदेखि चल्दै आएको ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सुरु भएको छ । यो परिक्रमा १५ दिनसम्म चल्ने गर्दछ । १५ दिने ऐतिहासिक धार्मिक परिक्रमामा नेपाल र भारतका हजारौँ भक्तजनहरू सहभागी हुने गर्दछन् ।
डुडुवा गाउँपालिकामा औलोका बिरामी बढ्दै
बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना जगाउँदै जेसिज
तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
‘देय् नइगु बाखं’ सार्वजनिक
वरिष्ठ साहित्यकार महेन्द्रगोपाल कर्माचार्यको लघुकथा सङ्ग्रह ‘देय् नइगु बाखं’ (देश खाने कथा) लोकार्पण गरिएको छ ।
बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ।
एमाले गोरखामा प्यानलसहित प्रतिस्पर्धा
नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।
एसियाली छनोट खेल्ने तेक्वान्दो टोली चीन जाँदै
फ्रान्सको पेरिसमा आयोजना हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ ।
बेपत्ता पौडेल खाेज्न प्रहरी टोली परिचालन
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-१ हुंगा घर भएका २५ वर्षीय अनुप पौडेल धरानबाट बेपत्ता भएका छन् ।
९१ हजार बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप
पूर्वी नवलपरासीमा दादुरा–रूबेलाविरुद्धको खोप अभियानअन्तर्गत ९१ हजार बालबालिकालाई खोप प्रदान गरिएको छ ।
'रङ्ग-ए-गजल' विमोचन
बाँकेका उर्दू साहित्यकारहरुको संस्था ‘गुल्जारे अदब’ नेपालगन्जको आयोजनामा यहाँ डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग-ए-गजल’ को विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न गरिएको छ ।
सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी बनाउन सकिए मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताउनुभएको छ ।
जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम बनेको छ ।
एमाले हुम्लाको बैठक २९ गते
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) हुम्ला कमिटीको नवौँ पूर्ण बैठक चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आउने मंगलबार बस्ने भएको छ ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रधान कार्यालयको निरीक्षण गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल र हङकङको खेल वर्षाले रद्द
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ ।