मङ्गलसेनमा वृद्ध मृत फेला
मङ्गलसेनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मङ्गलसेन नगरपालिका –३ खारखोला जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् ।
मङ्गोलियामा अत्यधिक चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।
लिभरपुल र सिटी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस बराबरीले दुवै टोलीलाई घाटा पुगेको छ भने शीर्ष टोली आर्सनललाई फाइदा पुगेको ।
स्वास्थ्य शिविरमा ३२३ ले लिए सेवा
भीरकोट नगरपालिका, हेलुमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२३ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना भीरकोट नगर अस्पताल हेलुमा स्वास्थ्य शिविर गरिएको हो ।
सुक्खा पहिरोले अवरुद्ध कोरिडोर सञ्चालन
सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । कोरिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सने पहिरो पन्छाएपछि सोमबारदेखि सडक सञ्चालन भएको हो ।
तयार हुँदै रामनदी नमुना पुल
देशकै पहिलो कालिगण्डकी नदी रामनदी (राम्दी) को नमुना पुल निर्माणको कामले तीव्रता पाएको छ । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने नमुना पुल थाइलैण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल ट्युबआर्क ब्रिज हो ।
ठक्करबाट साइकल यात्री घाइते भएपछि बसमा आगजनी
सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा सोमबार बिहान बसको ठक्करबाट एक जना साइकल यात्री घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।
बङ्गलादेशलाई साफ यु–१६ महिला च्याम्पियनसिप उपाधि
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
कृषि योग्य क्षेत्रको माटो उपचारका लागि कृषि चुन
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।
एक वर्षअघि र अहिलेको अर्थतन्त्र : बाह्य क्षेत्र सुध्रियो, आन्तरिक शिथिलता कायमै
कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ ।
ललितपुरमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु
ललितपुर महानगरपालिले कुसुन्ती चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । सम्भवत नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो ।
उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’
गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो ।
दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो
थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।
स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ
प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।
साइकलबाट लडेर राईको मृत्यु
झापाको बिर्तामोडमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ का ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टा बारीनजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
दक्षिण कोरियामा पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गरिँदै
दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
‘आफूले चाहेको समयमा बच्चा जन्माउन शुक्रकीट भण्डारण’
थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताउनुभयो ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
लुम्बिनीमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व
लुम्बिनीमा नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडकका लागि बजेट विनियोजन गरिने
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ अवरुद्ध
धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर चोरी भएको हो ।
‘सभाको गरिमा घटाउने काम नगर्ने’
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ ।
‘अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन’
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।