दुई करोड लगानीमा सामुदायिक पुस्तकालय
धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस.भी.ए. नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
बसको ठक्करबाट घाइते ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ ।
कुटपिटबाट एकको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो ।
डेङ्गु विरुद्धको सचेतना अभियान सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सुरु गरेको छ ।
टर्की प्रहरीद्वारा ३३ जना आइएस् सन्दिग्ध पक्राउ
टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा इस्लामिक स्टेट (आइएस्) समूहका ३३ सन्दिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण
ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
रुखले च्यापिएर युवकको मृत्यु
जाजरकोटमा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । जिल्ला को नलगाड नगरपालिका १ कल्पतका वर्ष २४ केशव पुनको घर बनाउने काठ चिर्न गएको समयमा रुखले च्यापिएर मृत्यु भएको हो ।
नेपाली छात्रालाई नासामा अनुसन्धानको अवसर
अवसर पाए भने नेपाली चेली पनि नासाको अनुसन्धान गर्न सक्षम छन् भन्ने उदाहरण एक नेपाली विद्यार्थी बन्नुभएको छ ।
एउटै ठाउँबाट तीन कार्यालयको सेवा
जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ को जाजरकोट भूकम्पले भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय, मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् ।
सङ्घमा विश्वासको मत लिएपछि प्रदेशमा प्रक्रिया
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव बागमती प्रदेशको प्रदेश सरकारमा पनि परेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धन टुटेर केन्द्रमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलको गठबन्धन बनेसँगै बागमती प्रदेशको सत्ता समीकरण प्रभावित भएको हो ।
घरेलु श्रमको भएन मूल्याङ्कन
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले घरभित्र महिलाले गरेको कामको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको बताउनुभएको छ । उपाध्यक्ष शाहीले घरेलु कामदार र पारिश्रमिक नलिई काम गर्नेको तथ्याङ्कलाई प्राथमिकता दिनुपर्ने र उनीहरूको श्रमको उचित मूल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो ।
पाँच दशक वडाध्यक्ष भएर सेवा गर्नुहुने व्यञ्जनकारको निधन
ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ ।
कृषिलाई पर्यटनसँग जोडेर आत्मनिर्भर बन्छौँ
प्रसिद्ध धार्मिकस्थल त्रिधार्मिक तपोभूमि हलेसीमा अवस्थित हलेसी तुवाचुङ नगरपालिका खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र हो । साबिक बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी ११ वटा गावि
रुपैडिहा भन्सारमै रोकिए पेट्रोलियम ड्रिलिङ उपकरण
दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्यको मुख्य ड्रिलिङका लागि ल्याउन लागिएको उपकरण बाँकेको रुपैडिहा भन्सारमा रोकिएको छ । उपकरणको भन्सार छुटको पत्र नहुँदा ती सामग्री रोकिएका हुन् । चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा सम्पूर्ण कर तथा महसुल छुट गरिदिन अर्थ मन्त्रालयलाई पत्र पठाइए पनि भन्सार छुटको पत्र प्राप्त नभएको बताइन्छ । अर्थ मन्त्रालयले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा भन्सार छुटको निर्णय माघ २१ गते गरिसकेको बताइन्छ । भन्सार विभागले भने खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या देखिएको परियोजनाले जनाएको छ ।
कक्षाकोठामा लागेको ताला डेढ वर्षपछि खुल्यो
नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो । सो गाउँपालिकाको वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाउनुभएको थियो ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता
राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।
सिँचाइको माग गर्दै किसान आन्दोलित
कैलालीको कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान सङ्घर्षमा उत्रेका छन् । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले टेन्डर निकाल्न आनाकानी गरिरहेको भन्दै किसानले सङ्घर्षका कार्यक्रम अगाडि बढाएका हुन । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पानीको स्रोत सुनिश्चितता नभएको बहानाबाजी गर्दै सिँचाइ आयोजना निर्माणका लागि टेन्डर आह्वान गर्न आनाकानी गरिरहेको आरोप किसानको छ ।
डोको र थुन्से बुन्ने विद्यार्थी
सुनकोसी गाउँपालिका–३ कालिका स्थित श्री जनजागृति विद्यालयले विद्यार्थीहरुलाई डोको, थुन्से लगायतका घरेलु सामाग्री बुन्न सिकाउन थालेको छ ।
होमस्टे सञ्चालन गर्न प्रशिक्षण
उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र रौतापोखरीमा होमस्टे सञ्चालनका लागि स्थानीय महिलालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वल्र्ड नेटवर्क र रौतामाई गाउँपालिकाको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदपुरले होमस्टे व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
मौवाफाँट–पिप्लेमा खानेपानीको हाहाकार
रघुगङ्गा गाउँपालिका–२ का बासिन्दा पछिल्लो चार वर्षदेखि खानेपानीको समस्या भोगिरहेका छन् । एक हजार छ घरघुरी रहेको वडा नम्बर २ को मौवाफाँट तथा पिप्ले क्षेत्रमा तीन हजार पाँच सय मतदाता र पाँच हजार जनसङ्ख्या रहेको छ । उक्त जनसङ्ख्याले प्रयोग गर्ने पानीको मुहान सुक्दै जाँदा स्थानीयले खानेपानीको वैकल्पिक स्रोतको खोजी गर्न थालेका छन् । सरकारी स्वामित्वको रघुगङ्गा हाइड्रो निर्माण थालनी हुने भनेपछि उत्साहित स्थानीयवासीसुरुङमार्गको काम थालनीपछि खानेपानीको मुहान सुकेको बताउँछन् ।
पृथ्वीचोकमा पोखराघर घट्टेखोलामा पुल
पोखरा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गरी आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । सो अवसरमा पृथ्वीचोकमा आर्ट ग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितको पोखराघर शिलान्यास गरिएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार बिहान पोखराघर शिलान्यास गर्नुभएको हो । ‘पोखराघर’ फगत एउटा घर नहुने जनाउँदै उहाँले यसले समग्र पोखराको परिचय दिने उल्लेख गर्नुभयो । महानगरले महेन्द्रपुलमा रहेका पुस्तकालय र आर्ट ग्यालरीका भवन भत्काएपछि जनस्तरमा चर्काे विरोध भएको थियो । पोखराघरमा आर्ट ग्यालरी र पुस्तकालय व्यवस्थित रूपमा राख्ने योजना रहेको छ ।
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।
निजामती विधेयकप्रति चासो
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेपछि संविधान सभाद्वारा जारी नेपालको संविधान अनुसार भएका आवधिक निर्वाचनमा प्राप्त मत परिणाममा अनुसार सरकार सञ्चालनको जिम्मेवारी धेरै पटक फेरबदल हुँदै आएको छ । सरकार परिर्वतन हुनु नियमित प्रक्रिया हो र भइरहन्छ तर राज्यद्वारा जनतामा सेवाप्रवाह गर्ने सरकारको स्थायी प्रतिनिधिको रूपमा कर्मचारीतन्त्रले कामकारबाही गरिरहेको हुन्छ । यसै भएर नै कर्मचारीतन्त्रलाई स्थायी सरकार पनि भनिन्छ । यस किसिमको कर्मचारीतन्त्रमा समयसापेक्ष सुधार गरेर नयाँ संरचना अनुसार व्यवस्थित गर्न भने ढिलाइ भएका कारण सरकारको सेवा