६ महिनापछि जोर्डनको जेलबाट छुटे सुरज
विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारी अन्ततः जेलमुक्त भएका छन् ।
उपप्रधानमन्त्री र अर्थमन्त्रीसँग राजदूत थम्पसनको भेटवार्ता
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ । मन्त्रीहरूसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा पुग्नु भएको हो ।
आर्सनल शीर्ष स्थानमा
आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।
बाल सुधार गृहका बालबन्दीको निःशुल्क उपचार गरिने
बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।
तौलेश्वरनाथबाट लाखभन्दा बढी भेटी सङ्कलन
जिल्लाको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरबाट एक लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रीको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा उक्त भेटी संकलन भएको हो ।
निःशुल्क आँखा शिविरमा २४६ जनाले लिए सेवा
गुल्मीको भाडगाउँमा गरिएको निःशुल्क आँखा शिविरमा दुई सय ४६ जनाले सेवा लिएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर-३ भाडगाउँको आयोजना एवम् नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा यहाँका नागरिकहरूले सेवा लिएका हुन् ।
दाङमा २६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय दाङले चार महिनाको अवधिमा २६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ ।
हस्तकलाबाट थारु महिलालाई राम्रो आम्दानी
दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दैआएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।
झापा गोल्डकप : चर्च ब्वाइज र एपिएफबिच उपाधि भिडन्त
छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
एसियाली र्याफ्टिङ : हेड टु हेडमा नेपाललाई स्वर्ण
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते नै हुने
राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गर्नुभएको हो ।
नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली
नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले आजै पदबहाली गर्नुभएको हो ।
धर्मलाई राजनीतिसँग जोडेर हेर्नुहुँदैन : पूर्व राष्ट्रपति यादव
प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
लुम्बिनीमा गठबन्धनको बहुमत
सङ्घीय सरकारमा गठबन्धनमा परिवर्तनसँगै लुम्बिनीमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने भएको छ । प्रदेश सभामा रहेका ८६ प्रदेश सभा सदस्य मध्ये एमाले, माओवादी गठबन्धनको सरकार बन्ने गणितीय समीकरणले देखाएको छ ।
चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस गर्याे
चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ ।
हाते कागज उत्पादनमा समस्या
सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण
उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । पदभार समाल्दै मन्त्री यादवले सङ्घीय तथा प्रादेशिक अस्पतालमा शल्यक्रियामा हुँदैआएको ढिलाइ घटाई छिटो छरितो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार नाघ्यो
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३० हजार ९६० पुगेको छ भने ७२ हजार ५२४ अन्य घाइते भएका छन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।
वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।
किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकादेखि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित तीर्थस्थलमध्येको एक हो ।
चार राउण्ड गोलीसहित दुई युवक पक्राउ
प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीबाट चार राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् ।
खोटाङमा तीन घर जलेर नष्ट
खोटाङमा तीन वटा घर जलेर नष्ट भएका छन् ।
श्रीमतीकाे हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।