कृषिबाटै करोडपति
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।
सकारात्मक सोचका साथ एकजुट भएर लागौँ, देश बन्छ : नेत्री कोइराला
काठमाडौँ, फागुन २७ गते । चुनावमा कुनै दल विशेषको स्पष्ट बहुमत नआउँदा राजनीति र सरकारले स्थायित्व पाउन सक्दैन भन्ने देखिइसक्यो । सबैलाई थाहा भएकै विषय हो, एउटा दलको बहुमत नभएपछि सरकार फेरिइरहने घटना भइरहन्छन् । यसलाई सहजरूपले हेर्नुपर्छ । वर्तमान सरकार सुरुमा नेकपा (एमाले)लगायतको सहयोगमा बन्यो त्यसपछि फेरि कांग्रेसको समर्थन भयो । अहिले फेरि एमालेको समर्थन प्राप्त छ ।पहिलोपटक सदनमा प्रवेश गरेकाले सोचेको भन्दा भिन्न महसुस भइरहेको छ । विधायकको मुख्य जिम्मेवारी र भूमिका कानुन निर्माण भए पनि जनताका आवश्यकता सम्बोधन तथा देशको समृद्धिका विषयमा पनि सोच्ने र ध्यान पुर्याउनपर्ने दायित्व हामीमा छ । मेरो बुझाइमा राज्य र जनताका लागि केही गर्छु भन्नेहरुका लागि संसद् महत्त्वपूर्ण ठाउँ रहेछ । त्यसैले यति महत्त्वपूर्ण ठाउँलाई जनताको पक्षमा भरपुर सदुपयोग गर्नुपर्छ भन्नेमा म दृढ छु । तर संविधानप्रदत्त सेवासुविधा जनतालाई सहज र सुलभरूपमा उपलब्ध गराउनुपर्नेमा त्यसमा कमीकमजोरी भयो भन्ने लाग्छ । कानुन निर्माणलाई हामीले तीव्रता दिन सक्नुपर्छ । सुरुआती दिनमा राजनीतिक तालमेल, सरकार र समिति गठनमै धेरै समय खर्चनु परेकाले कानुन निर्माणमा आशातित प्रगति हुन सकेन ।विधायकहरू पार्टीका काम विशेषबाहेक सदन र संसदीय समितिका बैठकमा निरन्तर उपस्थित हुनुपर्छ । तर सांसदको पनि भूगोल, जिल्ला, निर्वाचन क्षेत्र हुने भएकाले कहिलेकाहीँ जिल्ला जानुपर्ने बाध्यताले बैठकमा उपस्थित हुन नसकेको अवस्थालाई अन्य ढङ्गबाट बुझिदिन हुन्न । सबै ‘माननीय’लाई एउटै आँखाबाट हेर्न हुन्न । तथापि जनताले विकास निर्माणका विषयमा सङ्घीय सांसदसँग निकै ठूलो आशा र अपेक्षा राखेका हुन्छन् ।देशको परिस्थिति र समाजको स्थितिका आधारमा सांसदहरु विकास निर्माणमा सहभागी हुने वा नहुने भन्ने निर्धारण गर्छ । चुनावका बेला भोट माग्न जाँदा जनतासँग कबुल गरेका विषय सम्बोधन गर्नैपर्छ । जिल्ला जाँदा मतदाताले धारा छैन, कुलो भत्केको छ, विद्यालय भवन चर्केको छ, खानेपानी समस्या भो भन्नुहुन्छ । जनताका ती अपेक्षाको सम्बोधनका लागि जनप्रतिनिधिले हरसम्भव प्रयास गरिदिनुपर्छ । राजनीतिक दलहरूले पनि सांसदले विकास निर्माणका काम गर्ने होइन, कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भनेर जनतालाई बुझाउन सकेका छैनन् ।मैले प्रतिनिधित्व गर्ने पर्साका जनताको मुख्य माग सडक कालोपत्र, नाला व्यवस्थापन, खानेपानी आपूर्ति, विद्यालय भवन पुनःनिर्माण इत्यादि छन् । यी देशैभरको प्राथमिकतामा पर्ने विषय हुन् । हामीले जनतालाई सांसद भनेको विकास ल्याउने हो भनेर सिकाइदिएका छौँ, त्यो बुझाइ भएपछि जनताले माग तेर्स्याउनु अस्वाभाविक होइन । जनता कानुनभन्दा विकासका योजनाकै कुरा बढी गर्नुहुन्छ ।सदनमा महिला भएकै कारण बोल्ने र विषयवस्तु राख्ने सवालमा नेकपा एमालेले अवसरबाट वञ्चित गराएको छैन । बरु धारणा राख्न प्रोत्साहन नै गरेको अनुभूति मलाई भएको छ । मुुलुकमा राजनीतिक परिवर्तनका बखत होस् वा सरकार फेरबदलका क्रममा भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनको विषयलाई राजनीतिक दलले मूल एजेण्डा बनाएका छन् । हामी पनि यो विषयमा अलमलमा परेका छौँ । किन यस्तो भयो, कसरी भयो भन्ने लाग्छ ।प्रमुख कारण भनेको स्थायी सरकार नभएर नै हुनुपर्छ । कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म भ्रष्टाचार फैलिएको छ भन्ने जनताको बुझाइ छ । सबै विषय जनताले भनेजस्तो नभए पनि कतिपय अवस्थामा यो प्रमाणित भएको छ । भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दल र सरकार एक ठाउँमा हुनुपर्छ । प्रतिबद्धता गर्नुपर्छ । प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन हुनुपर्छ । त्यो भएमा भ्रष्टाचार न्यूनीकरण हुन्छ भन्नेमा आशा गर्न सकिन्छ ।भ्रष्टाचार बढाउन हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली पनि केही हदसम्म दोषी छ । निर्वाचनमा यति पैसा खर्च गर्नुपर्छ भनी कहीँकतै लेखिएको छैन । हामी राजनीतिक दल र उम्मेदवारबाटै चुनावलाई धमिल्याउने र धेरै खर्च गर्ने काम गरिरहेका छौँ । यसमा सुधार गरिनुपर्छ । हामीले राजनीतिक परिवर्तन गरे पनि समाज परिवर्तन गर्न सकेका छैनौँ । समाजलाई आर्थिकरूपले सम्पन्न गर्न सकिएको छैन । राजनीतिक दल र नेतृत्वप्रति जनताले ठूलो अपेक्षा राखेका थिए । परिवर्तनको उपलब्धिको महसुस जनतालाई दिन सकिएन ।नेपाली समाजमा पनि आशाभन्दा निराशाको लहर ठूलो छ । नेतृत्वबाट पनि निराशाकै कुरा बढी सुनिन्छ । जनतालाई हाम्रो देश हामी आफैँ बनाउनुपर्छ, बनाउन सकिन्छ भन्ने आशा र ढाडस दिलाउने सन्देश दिनुपर्छ । राजनीतिक परिवर्तन भइसकेकाले अब हाम्रो मिसन समाज परिवर्तनका लागि हुनुपर्छ । समाजमा भएका अन्याय, विभेद, धनी र गरिबबीचको खाडल अन्त्यमा केन्द्रित हुनुपर्छ । त्यसका लागि केही समय लाग्न सक्छ, प्रयास जारी राख्नुपर्छ । प्राकृतिक हिसाबले हामी निकै धनी देश हौँ । निराशा छर्ने होइन, आशाको सन्देश प्रवाह गरेर देश बनाउनुपर्छ । त्यसका लागि दल, नेता र जनता एकाकार हुनुपर्छ । हरेक क्षेत्रमा देखिएका निराशा अन्त्य गर्नुपर्छ । मिडियाको प्रयोग पनि सकारात्मक कामका लागि हुनुपर्छ । युवा विद्यार्थीलाई आशा जगाएर विदेश पलायनबाट रोक्नपर्छ । म ढुक्क भएर भन्छु हाम्रो देश बन्छ । हामी बनाउँछौँ । अरुले बनाइदिने होइन, आफैँले बनाउनुपर्छ । प्राकृतिकरूपले बनिबनाउ नेपालाई समृद्धि प्रदान गर्न हामीले केही मेहनत गर्नुपर्छ । हामी आ–आफ्नो ठाउँबाट लागौँ । ढुक्क हुनुस् देश बन्छ ।सांसद कोइरालाको परिचयअखिल नेपाल महिला सङ्घ सिन्धुली जिल्ला सदस्यबाट राजनीतिमा प्रवेश गर्नुभएकी सांसद कोइराला पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१५ को स्थायी बासिन्दा हुनुहुन्छ । नेकपा एमाले वीरगञ्ज–१५ वडा कमिटी सचिव, नगर कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद्, आमन्त्रित केन्द्रीय समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएकी नेत्री कोइराला करिब साढे तीन दशकदेखि नेकपा(एमाले)को सक्रिय राजनीतिमा सहभागी हुनुहुन्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उहाँ केही समय थुनामा समेत रहनुभयो ।(सांसदसँग रासस संवादमा सांसद निर्मला कोइरालासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।) रासस
नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभएको छ ।
‘डा. ओम फाउन्डेसन’ द्वारा विजेता विद्यार्थीलाई पुरस्कार वितरण
‘डा. ओम फाउन्डेसन’ले विद्यालयस्तरीय राष्ट्रव्यापी प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल प्रदान गरिएको हो ।
महावीर पुनको पुस्तक विक्रीबाट चार करोड आम्दानी
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनद्वारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक हालसम्म चार करोड रुपियाँ बढीको विक्री भएको छ ।
पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नागेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराँै रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु/सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो ।
एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
सांस्कृतिक तथा साहित्यिक इकोलोजीबारे
परिस्थितिलाई प्रदर्शन गर्ने समग्र अवस्थालाई पारिस्थितिकी भन्न सकिन्छ तर विषय वा प्रसङ्गवशले पारिस्थितिकी शब्दलाई प्राकृतिक पर्यावरण (इकोलोजी) सँग मात्र जोडेर बुझ्ने गरिएको छ । प्राणीहरू (जीव तथा वनस्पति ) र अजैविक वस्तुहरू स
आठ लाख नगदसहित चार जना पक्राउ
मकवानपुर प्रहरीले करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
क्यान्सरका आमलक्षण
१. सास लिनमा कठिनाइ । २. थकान महसुस । ३. निरन्तर खोकी । ४. शरीरको तौल अचानक घट्नु । ५. निल्नमा कठिनाइ ।
गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो ।
सहयोग जुटाएर मन्दिर निर्माण
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाङ्गे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर विन्ध्यवासिनी मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिर ३२ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
दुई मन्त्रीको शपथग्रहण आजै
जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।
जिल्ला र प्रदेशस्तरीय सहकारी खोल्ने बाटो खुल्यो
मधेश प्रदेश सरकारले प्रदेश र जिल्लास्तरीय सहकारी खोल्नको लागि कानुनी व्यवस्थासहित रजिस्ट्रार कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालय सञ्चालनसँगै जिल्ला र प्रदेशस्तरको सहकारी खोल्ने बाटो खुल्ला भएको छ ।
पोखरामा आज आधा दिन बिदा
पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।
बागमतीमा सतहत्तर प्रतिशत बालबालिकालाई खोप
अभियानका रूपमा सुरु गरिएको दादुरा–रुबेला रोगविरुद्धको खोप बागमती प्रदेशमा लक्ष्यको करिब ७० प्रतिशत बालबालिकालाई लगाइएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका १३ जिल्लामा गरी १२ लाख ३० हजार ६२४ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा लक्ष्यको ६६.८८ प्रतिशत अर्थात् आठ लाख २३ हजार ५८ जना बालबालिकालाई हालसम्ममा खोप लगाएको जनाएको छ ।
लोप हुँदै चर्खा
कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेकाे छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन ।
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा सुरु हुनेछ ।
राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार टुङ्ग्याउन माओवादी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
पद्मप्रकाशेश्वर मन्दिरमा मूर्ति फिर्ता
एक सय वर्षअघिदेखि टीकापुर नगरपालिका–७, सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता भएको छ । अष्टधातुबाट निर्मित तीन आँखा छ हात भएको षोडशी माताको मूर्ति फिर्ता आएको हो । स्कन्ध पुराणमा गरिएको वर्णन अनुसार शिवलिङ्ग र षोडशी माताको मूर्तिका कारण प्रख्यात पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता गरिएको हो ।
बन्दुक सहित सात जना पक्राउ
तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।
देवीदेवताका थान गरिबको ‘न्यायालय’
न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ । अदालती न्याय प्रणालीभन्दा ग्रामीण भेगका विभिन्न देवीदेवताप्रति बढी विश्वास मान्ने गरिएको छ । अड्डा अदालतमा टाठाबाठा र हुनेखाने मात्र जान्छन्, गरिबको न्यायालय भनेको नै देवीदेवताका थान हुने गरेको स्थानीय बताउँछन् । छायानाथ रारा नगरपालिका–६ का ७२ वर्षीय कर्णबहादुर ऐडीले बिनारुपियाँ र प्रक्रियामा जतिबेला पनि गाउँका प्रसिद्ध गुरादेवको थानमा आफूले न्याय पाउने गरेको बताउनुहुन्छ ।
नक्साङ्कनको त्रुटिले खानेपानी आयोजना निर्माण रोकियो
नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब रु तीन करोडको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो ।
‘सशस्त्र प्रहरीप्रति जनताको भरोसा’
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सीमा सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको भूमिका सराहनीय, प्रशंसनीय र अनुकरणीय भएको बताउनुभएको छ । उहाँले सीमा क्षेत्रको शान्ति सुव्यवस्थाका लागि सशस्त्र प्रहरीले अन्तरदेशीय अपराध नियन्त्रण, तस्करी निरुत्साहन र प्रभावकारी सुरक्षा परिचालन गरेकोले सीमावर्ती गाउँका बासिन्दा पनि आनन्दले सुत्न र निर्भिकतासाथ बाँच्न पाएको बताउनुभयो ।