• १३ मंसिर २०८१, बिहिबार

होमस्टे सञ्चालन गर्न प्रशिक्षण

blog

गाईघाट समाचारदाता

गाईघाट, फागुन २८ गते । उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र रौतापोखरीमा होमस्टे सञ्चालनका लागि स्थानीय महिलालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वल्र्ड नेटवर्क र रौतामाई गाउँपालिकाको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदपुरले होमस्टे व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । 

चार दिनसम्म सञ्चालित सिपसम्बन्धी प्रशिक्षणमा होमस्टे कसरी गरिन्छ, आचारसंहिता  कसरी अवलम्बन गर्ने, पर्यटकलाई आकर्षित गर्न के गर्नु पर्छ ? स्थानीय स्रोतसाधनको प्रयोगबाट अर्गानिक परिकार कसरी बनाउने जस्ता विषयमा जानकारी गराएर स्थानीय परिकार बनाउन अभ्यास गराइएको हुरेन्डेकका उदयपुर अध्यक्ष शङ्करबहादुर थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पाहुनाहरूको रोजाइ स्थानीय खानेकुरा तथा रहनसहनमा नै ध्यान जाने हुनाले स्थानीय उत्पादनको बिक्रीवितरण र आम्दानीलाई लक्षित गरी होमस्टे सञ्चालनका लागि सिप सिकाइएको हो ।” 

उहाँले होटलहरू पूर्ण व्यावसायिक र धेरै मुनाफा केन्द्रित हुने भएकाले सामान्य पर्यटकको पनि पर्यटन प्रवर्धनमा पहुँच पु-याउन होमस्टेलाई प्रोत्साहन गरिएको बताउनुभयो । 

संस्थाका कार्यव्रmम संयोजक बिनु सुवेदीले पर्यटकले खोजेको र रोजेको स्थानीय परिकार होटलबाट उपलब्ध नहुने भएकाले स्थानीयको रोजीरोटी, आर्थिक समृद्विका लागि होमस्टेमा लगानी गरिएको बताउनुभयो । उहाँले धार्मिक तथा ऐतिहासिक महìव बोकेको पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक तीन सयको सङ्ख्यामा आन्तरिक र वाह्य पर्यटक आउने गरेकाले त्यसको व्यवस्थापनका लागि होमस्टे सञ्चालनको तयारी गरिएको बताउनुभयो । 

कार्यक्रमको समापन गर्दै रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले संस्कृति, संस्कार संरक्षणमा सहयोग पुग्ने हुँदा जातीय वेषभुषा, सांस्कृतिक कार्यक्रम र परम्पराको संरक्षण गर्न होमस्टेले महìवपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यव्रmममा मगर होमस्टे नामन्ता र रौता सामुदायिक होमस्टेका गरी २० जना महिलाको सहभागिता रहेको थियो । 

यस किसिमको सिपसम्बन्धी प्रशिक्षणमा सहजकर्ताहरूले स्थानीय उत्पादन मकैको बिस्कुट, च्याख्लाको खिर, सिस्नुको सुप, जिरा, गाँजर, जोगी खाना, मसला पुलाउ, चिकेन फ्राइड, जिरा इस्कुस, मेथी इस्कुस, कक्टेल, भुइँस्याउको जुस, इस्कुसको हलुवा, पोच अन्डालगायतका परिकार बनाउने सिप सिकाएको आयोजक संस्था हुरेन्डेकले जनाएको छ ।