सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् ।
सामूहिक आवश्यकतालाई प्राथमिकतामा राख्ने गरिएको छ
हिमाली जिल्ला हुम्लामा सडक पहुँच अहिलेसम्म पुग्न सकेको छैन । सडक पहुँच नपुगेको नेपालकै एक मात्र जिल्ला हुम्लाको दक्षिणी क्षेत्रमा छ, ताँजाकोट गाउँपालिका । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट गाउँपालिका अध्यक्षमा हुनुहुन्छ, लालकेश जैसी । ग्रामीण सडक पहुँच विस्तार र विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेर अध्यक्ष जैसीले आफ्ना कार्यक्रम अघि बढाउँदै आउनुभएको छ । कृषि उत्पादनमा नमुना गाउँ बनाउने योजनासमेत उहाँको छ । प्रस्तुत छ, अध्यक्ष जैसीसँग गोरखापत्र
अर्थतन्त्र सुधारमा निरन्तरता
मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः हटेर अर्थतन्त्रका महत्वपूर्ण सूचक चलायमान हुन थालेको परिणाम नेपाल राष्ट्र बैङ्कको पछिल्लो सात महिनाको समीक्षामा देखाइएको छ । केन्द्रीय बैङ्कले आइतबार सार्वजनिक गरेको सात महिनाको तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको देखाउनुले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य अनुरूप अगाडि बढ्न सहज हुने आकलन गरिएको छ । त्यसो त विश्वका अधिकांश मुलुकको आर्थिक परिदृश्य आशातीत स
सहकारीका विकृति नियन्त्रण
नेपालको संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध स्रोत र साधनको अधिकतम परिचालनद्वारा तीव्र आथिृक वृद्धि गर्ने सोच छ । सहकारीलाई तीन खम्बे आर्थिक आधारको महत्वपूर्ण पक्ष मानिएको छ । ‘गाउँ गाउँमा सहकारी, एक घर एक रोजगारी’ भन्ने धारणाले अर्थतन्त्रमा सहकारीको महत्वलाई दर्साएको छ । सहकार्यताबाट हुने सामूहिक प्रयत्नले सहकारीको भावना जागृत गरेको छ । सहकारीका सिद्धान्तले सामूहिकता, समझदारी र सहकार्यमा जोड दिएको छ ।
मधुमेह रोगीमा मुख स्वास्थ्य
बत्तिस वर्षीय एक जना पुरुष दाँत निकाल्न आउनु भयो । शरीरमा दाँतको रोगबाहेक अन्य रोग नभएको जानकारी उहाँले दिएपछि दाँत निकालियो । दुई सातासम्म पनि दाँत निकालेको घाउ ठिक नभएको भनेर उहाँ फेरि आउनुभयो । दाँत निकालेको घाउ सफा नै देखेपछि कारण पत्ता लगाउन रगत परीक्षण गरियो । रगत परीक्षण गर्दा मधुमेह देखिएपछि उहाँ नै अचम्ममा पर्नुभयो । यस्तै अर्का एक पुरुष मधुमेहका रोगी हुनुहुन्थ्यो । गिजाबाट रगत आई मुख र गिजा सफा गर्दा/गराउँदा मधुमेह नियन्त्रणमा आएको र लगातार बढ्दै गएको औषधी पनि घट्दै गएको वास्तविकता उहाँ सुनाउँदै हुनुहुन्थ्यो ।
समाज बदल्न युवा भूमिका
विश्वविद्यालयबाट कहिल्यै दीक्षित हुन नपाएका एप्पल तथा पिक्सार एनिमेसनका प्रमुख कार्यकारी स्टिभ जब्स स्टान्फोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा विशिष्ट वक्ताका रूपमा निम्त्याइए । दीक्षित युवामा भविष्यप्रति आशा र प्रेरणा जगाउन उनले आफ्नै कथा ‘कनेक्टिङ द डट’ लाई मार्मिक ढङ्गले प्रस्तुत गरे । भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु जस्तै हो । दुःखद अवस्थालाई पृष्ठभूमिमा राखेर, परिस्थितिमा सम्भावना खोजेर, तिनलाई आशामा जोडेर एउटा वृत्तिपथ बनाउन सकिन्छ, बिन्दुहरू जोडेर सरल रेखा बने जस्तै । विश्वविद्यालय त भविष्य निर्माण गर्ने औपचारिक प्रतिष्ठान नै भए तर मस्तिष्कको प्रयोगशाला र मनको भावनालाई जोड्ने युवा आफ्नो भविष्य निर्माण गर्दागर्दै समाजको पुनर्निर्माण पनि गरिरहेका हुन्छन् ।
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।
वैदेशिक रोजगारीका समस्या
वैदेशिक रोजगारी अर्थतन्त्रको मुख्य आधार भए पनि समस्यारहित छैन । वैदेशिक रोजगारीमा नेपाली युवाको उच्च आकर्षण र माग रहेको छ तर यो क्षेत्र उत्तिकै समस्याग्रस्त पनि छ । यो समस्यामा पहिलो त श्रमिकहरूमा वैदेशिक रोजगारीसम्बन्धी कानुनी ज्ञानको अभाव छ । सीमान्त वर्गको वित्तीय संस्थामा पहुँच निर्माण गर्न सकिएको छैन । विदेशमा नेपाली कामदारले शारीरिक एवं मानसिक हिंसा झेल्दा न्याय दिलाउन सकिएको छैन । समस्यामा परेका नेपाली कामदारको समयमा उद्धार गर्न सकिएको छैन । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सिप, दक्षता र ज्ञानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सकेका छै
मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छः उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशी सांस्कृतिक कार्यक्रम
३ औँ अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा राजधानीमा समावेशी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समावेशी सांस्कृतिक कार्यक्रममा डाउन सिन्ड्रोम समाज नेपालद्वारा सञ्चालन गरेको सत्यम् दिवा सेवा केन्द्रमा आबद्ध तथा अन्य डाउन सिन्ड्रोम प्रभावित बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुभयो ।
दुई नयाँ नाटक मञ्चनको तयारी
मण्डला थिएटरमा शुक्रबार नयाँ नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ । चैत १८ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन प्रदीपकुमार चौधरीको रहेको छ । सोमबार पोस्टर सार्वजनिक गर्दै निर्देशक चौधरीले नयाँ मञ्चनबारे जानकारी दिनुभयो । बिदेसिन बाध्य युवाको कथावस्तुमा नाटक तयार पारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावका कारणले या कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेका कारण नाटकको कथावस्तु पनि त्यही सेरोफेरोमा तयार पारिएको हो । नाटकलाई निर्देशक चौधरीले बिदेसिनुपर्ने बाध्यताका कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्ताबेजका रूपमा व्याख्या गर्नुभएको छ । नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका रहेको छ ।
ओली–हमालबीच चलचित्र संवाद हुने
अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ ।
कर्णाली पुुलमा आवागमन बन्द
सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
तिस हजार केजी बिउ उत्पादन
स्याङ्जा जिल्लामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउ उत्पादन भएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । यहाँ सबैभन्दा धेरै फेदीखोला गाउँपालिकाका जैसीडाँडा आमा समूह १७ हजार ५८ केजी, राममन्दिर कृषक समूह ९१२ केजी र सहयात्रा कृषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेका हुन् ।
प्लाइउड भारत निकासी बन्द, उद्योगी चिन्तित
केही समययता आएर नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ । यहाँस्थित नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी रोकिएको हो । बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि गत एक मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बन्द भएको बताउनुभयो ।
सत्र करोडको संरचनामा साप्ताहिक हाट
मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड रुपियाँ लागतमा निर्माण भएको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा नआएपछि त्यहाँ साप्ताहिक हाट लाग्न थालेको छ । सङ्घीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो ।
दुधको बजारीकरण तथा गुणस्तरका लागि सुझाव
डेरी उद्योगीहरूको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले दुधको बजारीकरण तथा गुणस्तरलगायत १२ वटा सुझाव देशभरका स्थानीय तहलाई दिएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सोमबार देशका सबै पालिकालाई पत्र पठाएर सो सुझाव दिनुभएको हो । दुधको बिक्री तथा गुणस्तरमा प्रश्न उठिरहेका बेला एसोसिएसनले वार्षिक कार्यक्रममा दुधसम्बन्धी कार्यक्रम समावेश गर्न सो १२ बुँदे सुझाव पठाएको हो । उत्पादनको शतप्रतिशत दुध बजारसम्म नआएकाले त्यसलाई बजारसम्म पु¥याउने खालको कार्यक्रम तयार गर्न सुझाव दिएको अध्यक्ष दाहालले बताउनुभयो ।
कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।
कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै
लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज
राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षीबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारीको प्रस्तावलाई मङ्गलबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ । सङ्घीय संसद् सचिवालयका अनुसार नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता भएको छ । सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपादिलका –३ वनगाउँमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदैगरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा लमही नगरपालिका–४ निवासी करिब ४० बर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो ।
नियन्त्रणमा आयो कर्णाली पुलमा लागेको आगो
सुदूरपश्चिम प्रदेशको लाइफ लाइनको रुपमा रहेको कर्णाली नदीमा बनेको पुलमा लागेको आगो नियन्त्रणमा आएको छ ।