अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउँनु भएको छ ।
नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा
कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
वार्षिक १३ करोडभन्दा बढीको सुन्तला बिक्री
गोरखा जिल्लामा यस वर्ष १३ करोड ५० लाख रुपियाँको सुन्तला कारोबार भएको छ ।
सांसद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश
नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी
आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो ।
राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताको अपिल
सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपील गरेका छन् ।
'भेषजबिन्दु साहित्यिक पुरस्कार' बाट डा. ढकाल र 'साहित्य सम्मान’ बाट सापकाेटा सम्मानित
भेषजराज साहित्य प्रतिष्ठानले यस वर्षकोे ‘भेषजबिन्दु साहित्यिक पुरस्कार’ साहित्यकार डा. रजनी काफ्ले ढकाललाई र ‘भेषजराज साहित्य सम्मान’ शान्ति सापकाेटालाई प्रदान गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ ।
एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो ।
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुस
गण्डकीको नेतृत्वमा एमाले र माओवादीको दाबी
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले गण्डकी प्रदेशमा आआफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य थालेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले र अहिलेसम्म गण्डकीमा नेतृत्व नपाएको माओवादी दुवैले प्रदेश सरकारको नेतृत्वका लागि कसरत थालेका हुन् ।
गाउँ फर्किंदै मनाङी
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीययाम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले चिसो बढेसँगै करिब तीन महिनादेखि सुनसान रहेको पदमार्गमा यतिबेला दैनिक पाँच दर्जनको हाराहारीमा विदेशी पर्यटक आउने गरेको बताउनभुयो ।
संयुक्त अभ्यास परीक्षा
रामेछाप जिल्लाका विभिन्न विद्यालयले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । आन्तरिक सहकार्यमा विद्यालयले सार्वजनिक बिदाका दिन संयुक्त अभ्यास परीक्षा सञ्चालन गर्दै आएका छन् । रामेछापको सुनापति गाउँपालि
सेतो छडीले बदल्दै दृष्टिविहीनको जीवन
रुपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीका रमेश घिमिरेलाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो । कतै बाहिर जानु परेमा उहाँलाई छिमेकी वा परिवार तथा साथीको सहारा चाहिन्थ्यो । घिमिरेजस्तै सैनामैना सालझन्डीका माधव कँडेलको पीडा पनि उहाँकोजस्तै थियो । उहाँ पनि दृष्टिविहीन हुनुहुन्छ । कहीँकतै बाहिर जानु परे उहाँलाई परिवार वा साथीभाइको सहारा लिनुपर्ने बाध्यता रहेको थियो ।
जीवन निर्वाहमा सारङ्गीको सहारा
सम्पत्तिका नाममा बस्ने घर मात्रै छ । खेती गर्नका लागि जग्गा जमिन केही छैन । बुवाको निधनपछि घरखर्च जुटाउन सारङ्गीको सहारा लिनु परेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीका १५ वर्षीय शिरकुमार गन्धर्व बताउनुहुन्छ । दिदीको बिहे भइसकेकाले घरमा ५४ वर्षीय आमा रीता गन्धर्व हुनुहुन्छ । पढ्ने, लेख्ने बेला आर्थिक विपन्नताका कारण घर व्यवहार चलाउन सारङ्गी रेट्नु परेको भनाइ शिरकुमारको छ । प्रायः दिनभरि सारङ्गी रेटेर गीत गाउँदै हिँड्ने शिरकुमार अलि–अलि सङ्कलित पैसाबाट घर व्यवहार चलेको बताउनुहुन्छ । गीत गाउँदै कहिले गाउँ, कहिले सहर पुग्ने शिरकुमार भन्नुहुन्छ, “घरमा बुवा हुँदासम्म समस्या थिएन तर बुवाको निधनपछि साँझ–बिहान छाक टार्न समस्या हुन थाल्यो ।” बुवाको निधनपछि सारङ्गीको सहारा खोज्न थाल्नुभएका शिरकुमार गीत पनि गाउनुहुन्छ । घरमा बुवासँगै सबैले सारङ्गी बजाउने र गीत गाउने भएका कारण आफूलाई सिक्न समस्या नभएको शिरकुमार बताउनुहुन्छ ।
एक लाख छत्तिस हजार भेडाबाख्रालाई खोप
रामेछापमा एक लाख ३६ हजार भेडाबाख्रालाई पिपिआर रोग अर्थात् भेडाबाख्राको हैजाविरुद्धको खोप लगाइएको छ । जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ देखि २२ सम्म साताव्यापी खोप अभियान सञ्चालन गरेको पशु सेवा कार्यालय सिन्धुलीका पशु चिकित्सक नवराज थापाले बताउनुभयो ।
सुदूरपश्चिम मन्त्रीपरिषद्मा कैलालीको वर्चस्व
सुदूरपश्चिम प्रदेशको विस्तारित मन्त्रीपरिषद्मा कैलाली जिल्लाका प्रदेश सभा सदस्यको वर्चस्व देखिएको छ । राजनीतिक उतारचढावसँगै प्रदेश मन्त्रीपरिषद्मा भएको फेरबदलमा कैलाली जनप्रतिनिधिको वर्चस्व रहेको छ । सात सदस्यीय मन्त्रीपरिषद्मा कैलालीको मात्रै छ जना प्रदेश सभा सदस्य रहनुभएको छ । यही शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) का तीन र नेकपा (एकीकृत समाजवादी) का एक गरेर चार मन्त्रीलाई पदमुक्त गरेपछि उहाँले तीन मन्त्री नियुक्त गर्नुभएको थियो । नियुक्त गरिएका तीनै मन्त्री कैलालीकै हुनुहुन्छ ।
सिप बिक्री नहुँदा छाक टार्न धौ धौ
बाजुराका अधिकांश गाउँबस्तीमा पछिल्लो समय निगालो र बाँसबाट बनेका डोका, डालो बिक्री हुन छाडेका छन् । गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै परम्परागत डोका, डालो, छापरा, सुप्पालगायत सामग्री बिक्री हुन छोडेका हुन् । दाउरा, घाँस र हाटबजारदेखि चामल, नुन, तेललगायत दैनिक खाद्यान्न सामग्री बोक्न प्रयोग हुने डोको पछिल्लो समयमा बिक्री नहुँदा यहाँका स्थानीयलाई पेट पाल्न चिन्ता परेको खप्तड छेडेदह गाउँपालिका–६ का अम्ला बुढाले बताउनुभयो ।
धमाधम टाँगिँदै तार
हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन अन्तर्गत सर्लाहीको बाँके जङ्गल क्षेत्रमा तार टाँग्ने काम धमाधम अगाडि बढेको छ । महोत्तरीतर्फको जङ्गलमा रहेका टावरमा तार चढाउने काम सकेर अहिले सर्लाहीतर्फको बाँके जङ्गल क्षेत्रमा काम भइरहेको हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण आयोजना ढल्केबर कार्यालयका प्रमुख श्याम यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सर्लाहीको बाँके चोक र फूलजोर चोकबिचको फूलजोर बाबा साझेदारी वन क्षेत्रमा प्राविधिक तथा कामदार खटिएर धमाधम तार टाँग्ने काम गरिरहेका हुन् ।
कोटिहोममा चार करोड सङ्कलन
अछामको वैद्यनाथधाममा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा चार करोड रुपियाँ दान सङ्कलन भएको छ । साँफेबगर नगरपालिकामा रहेको वैद्यनाथधाममा १४४ वर्षपछि कोटिहोम आयोजना गरिएको हो । चार करोडमध्ये दुई करोड रुपियाँ खर्च भएको कोटिहोम आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिनुभयो । कोटिहोमका क्रममा १५ लाखभन्दा बढी मूल्यबराबरको जग्गा दान प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।
हेल्प डेस्कमा हेल्प लिनेकै अभाव
सुर्खेतका दलित अगुवा तथा अधिकारकर्मीले केही समयअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सेवा लिन आउने दलित समुदायका लागि दलित हेल्प डेस्क स्थापना गर्न माग गरे । कार्यालयले महिला सेल परिसरमै हेल्प डेस्क पनि स्थापना ग¥यो तर स्थापना भएको डेढ वर्षको अवधिमा एक जनाले पनि त्यो डेस्कमा सेवा लिन नआएको पाइएको छ ।
अलपत्र पुल बनाउन माग
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाउँदै समाजवादी मोर्चा रुकुमपश्चिमले राप्ती राजमार्गको रुकुमपश्चिम सडकखण्ड अन्तर्गत पितिबाङ खोलामा पक्की पुल निर्माणको काम अघि बढाउन माग गरेको छ । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपालगायतका अन्य दल आबद्ध छन् । उनीहरूले अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माण कार्य अघि नबढाए सङ्घर्षका कार्यक्रम थाल्ने बताएका छन् । मोर्चाका संयोजक गोविन्द रोकाका अनुसार जिल्लाको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पितिबाङ खोलामा पुल निर्माणको काम लामो समयदेखि अलपत्र छ ।