जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
बाजुराको सदरमुकाम मार्तडीमा जीर्ण बन्दै गएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएको छ । २०३७ सालमा २५ जना राख्ने गरेर बनाएको कारागारमा अहिले ३७ कैदी र १८ जना थुनुवा गरी ५५ जना राखिएका छन् । पुरानो शैलीमा निर्माण गरिएको सो कारागारको मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ । कारागार निर्माण गरिएको लामो समय हुँदा पनि मर्मतसम्भार नभएपछि कैदीबन्दीलाई बास बस्न र सुत्न निकै समस्या भएको कारागारका चौकिदार रुपेस रावलले बताउनुभयो । क्षमताभन्दा बढी कैदी र थुनुवा यसभित्र हुलेपछि अहिले खान, बस्न, सुत्नलगायत सबै कुराको समस्या भएको छ । यो कारागारमा ससाना कोठा छन् । यसमा न त बेडको व्यवस्था छ, न त भुइँमा सुत्नका लागि राम्रो ओछ्यानको व्यवस्था छ ।
उखु किसानको पीडा
मुलुकको तराई/मधेश भूमिमा साठी हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा नगदेबाली उखु खेती गरिँदै आएको छ । गुलियो बालीको खेती गर्दै आएका किसानको अनुहारमा खुसी देखिनुको सट्टा सधैँ अँध्यारिएर अमिलो भइरहेको पीडा सार्वजनिक हुँदै आएको छ । मिल मालिक र नियमनकारी निकायविरुद्ध असन्तुष्टि पोख्दै आएका उखु किसानका पीडा भने नयाँ नभएर बर्सेनि अझै बल्झिने गरेका छन् । तीन वर्षअघि देशभरका उखु किसान काठमाडौँको माइतीघरमा आएर धर्नामा बसेपछि सम्पूर्ण समस्याको प्याकेजमै समाधान गर्ने गरी सहमति गरिएको थियो । सहमतिपछि खुसी भएर घर फर्किएका किसानका समस्या यथावत् नै रहेको भन्दै ‘नेपाल
स्थानीय तहमा व्यवस्थापकीय अभ्यास
नेपालको संविधान २०७२ को कार्यान्वयनपछि नेपाल एकात्मक राज्यप्रणालीबाट सङ्घीय लोकतान्त्रिक राज्यमा विधिवत् रूपान्तरण भयो । संवैधानिक व्यवस्था अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग यी तीनै तहले गर्छन् । नेपालको संविधानको भाग–५ मा स्थानीय तहबारे उल्लेख छ, जस अनुसार स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने व्यवस्था ग
सार्वजनिक प्रशासनको छवि
लोकतान्त्रिक शासन प्रणालीमा सरकारले प्रदान गर्ने सेवा नागरिकको घरदैलोसम्म नै पुग्नु पर्छ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा प्रवाह जति प्रभावकारी हुन्छ, त्यति नै नागरिकले सरकार आफ्नै वरिपरि छ भन्ने अनुभूत गर्छन् । यसका लागि सार्वजनिक प्रशासनको भूमिका महत्वपूर्ण हुन्छ । सेवाग्राही बसेको स्थानमा नै छिटोछरितो तथा सहज तरिकाले सेवा प्रवाह हुन सके मात्र सार्वजनिक प्रशासनको औचित्य पनि पुष्टि हुन्छ । यस कार्यका लागि ज्येष्ठ नागरिक, सुत्केरी महिला, पिछडिएका वर्ग, असहाय तथा अपाङ्गता भएकालाई सेवाप्रदायकले पहिलो प्राथमिकता राख्ने जस्ता काम गर्नु पर्छ । स्वच्छ र जनचाहना अनुसारको सेवा प्रवाह गर्न सक्ने क्षमता नै सक्षम, सबल र प्रभावकारी प्रशासनको पहिचान हो । सरकारी सेवा नाफारहित, सेवामूलक तथा कल्याणकारी हुने
प्राविधिक अध्ययन नभएसम्म कर्णाली पुलमा सवारी आवागमन बन्द
सुदूरपश्चिम प्रदेशको ‘लाइफ लाइन’ मानिने चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएपछि आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट पुलमा क्षति पुगेपछि आवागमन बन्द गरिएको हो । पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगो दन्केर पुलमा पनि सल्किएको प्रतयक्षदर्शीले बताएका हुन् । पूर्वपश्चिम राजमार्ग रहेको सो पुलको लट्ठामा क्षति पुगेपछि सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीका कारण पुलमा जोखिम बढ्ने सम्भावना भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो ।
दलित बस्तीमा खानेपानीको समस्या
जगन्नाथ गाउँपालिकाको ओबाब दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यो बस्तीमा खानेपानी नहुँदा स्थानीयवासी पैदल हिँडेर खोलाको पानी खान बाध्य छन् । जगन्नाथ गाउँपालिका–६, ओबाबका स्थानीय काशीचन्द्र सार्कीले खोलाको पानी बोकेर ल्याउन घण्टौँ समय लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसमाथि खोलाको धमिलो पानी पिउनुपर्ने काध्यता छ ।” “खोलाको पानी पिउँदा बिरामी हुने गरेका छन् । स्वास्थ्यकर्मी आएर सफा स्वच्छ पानी पिउनु पर्छ भन्नुहुन्छ, तर यहाँ सफा खानेपानी नहुँदा स्थानीयलाई खोलाकै धमिलो पानी खान बाध्यता छ,” सार्कीले भन्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. ९६ औँ संस्करणको ओस्कार अवार्ड (२०२४) मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? ओपनहाइमर – आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपनहाइमरको सो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ । ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायाङ्कन, बेस्ट स्कोरसहित सात अवार्ड जितेको छ । – उत्कृष्ट चलचित्र : ओपनहाइमर – उत्कृष्ट अभिनेता : किलियन मर्फी (ओपनहाइमर)
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
अव्यवस्थित सहरीकरणका असर १. अव्यवस्थित सहरीकरण भनेको के हो ? अव्यवस्थित सहरीकरणका असरहरू उल्लेख गर्नुहोस् । सहरी विकाससम्बन्धी नीति, योजना, मापदण्ड तथा आधारभूत सहरी पूर्वाधारबिना नै सहर विस्तार हुने प्रक्रियालाई अव्यवस्थित सहरीकरण भनिन्छ । अव्यवस्थित सहरीकरण प्रक्रियामा योजनाबद्ध सहर बस्ती विकास गर्ने सरकारी प्रयास कामयावी बनेका हुँदैनन् । जमिन कारोबारी र सर्भेयरको सीमित समूहको हातमा सहर तथा बस्ती विकासको जिम्मेवारी पुगे जस्तो देखिन्छ । पछिल्लो समय नेपालमा सहर विस्तार हुने व्रmम तीव्र छ । योजनाबद्ध सहर र बस्ती विकासका सरकारी प्रयासहरू सीमित छन्
भ्रष्ट राजनीतिज्ञको भूमिकामा आचार्य
चलचित्र ‘महाजात्रा’ मा हरिवंश आचार्यलाई राजनीतिज्ञको भूमिकामा देख्न सकिने भएको छ । स्वच्छ र सरल छवि निर्माण गरेका आचार्य यस पटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीमार्फत चलचित्रमा देखिने छन् । आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताउनुभयो । आचार्यले अभिनेताका रूपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको बताउनुभयो । मैले अभिनय गर्ने पात्रको भूमिका सधैँ फरक हुन्छ । आचार्यले भन्नुभयो, “यस पटक मैले नेताको भूमिकामार्फत भइरहेको विकृति र त्यसले समाजमा पारिरहेको असरलाई चलचित्रमा अभिनयमार्फत देखाउन खोजेको छु । यसले नकारात्मक पक्षबारे आमदर्शकलाई प्रस्ट्याउने काम गरेको छ ।”
विदेशको पीडा ‘परदेशीको बाकस’
गरिबीका कारण श्रीमती, साना लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यताको कथा समेटिएको गीत ‘परदेशीको बाकस’ सार्वजनिक भएको छ । गीतमा म्यानपावरले दिएको दुःख, परदेश गएपछि केही कसुरबिना नै जेल जानुपर्ने अवस्था र मृत्युवरण जस्तो भयानक परिस्थितिलाई गीतमा चित्रण गरिएको छ । परदेश गएपछि लास भएर बाकसमा घर फर्कंदा एउटा परिवारको सपना कसरी तुहिन्छ भन्ने कुरा पनि गीतमा देखिन्छ । सुरेश शाही र शान्तिश्री परियारको स्वर रहेको गीतमा दुर्योधन बस्नेतको रचना एवं गायक सुरेशकै सङ्गीत एवं सङ्गीत संयोजन र कृष्ण पुनको मिक्सिङ रहेको छ । गीत दुर्योधन बस्नेतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
स्वच्छ प्रतिस्पर्धी बजारका लागि उपभोक्ता अदालत गठन जरुरी
उपभोक्ता संरक्षण ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता अदालत गठन नहुँदासम्म स्वच्छ प्रतिस्पर्धी बजारको परिकल्पना गर्न नसकिने बताइएको छ । विश्व उपभोक्ता दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राजधानीमा आयोजना गरेको ‘स्वच्छ प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार स्थापितका लागि उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा सो कुरा बताइएको हो । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अदालत गठन नहुँदा उपभोक्ता अधिकार कुण्ठित भएको बताउनुभयो ।
मिटरब्याजपीडितको छानबिन आयोगमार्फत
सरकार र मिटरब्याजपीडितबिच सहमति भएको छ । गृह मन्त्रालयमा भएको दुईपक्षीय छलफलपछि चारबुँदे सहमति भएको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान समिति गठन गरेर आन्दोलनरत किसानसँग मङ्गलबार सरकारले सहमति गरेको हो । सहमति अनुसार अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्या अन्त्य गरी दीर्घकालीन समाधान गर्नुपर्ने भएकाले अध्ययन तथा जाँचबुझ गरी राय/सुझावसहितको प्रतिवेदन पेस गर्न तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने छ ।
मेला, महोत्सव सञ्चालनमा प्रदेशले लगानी गर्ने
बागमती प्रदेश सरकारले प्रदेशभित्र आयोजना हुने मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापनका लागि सहलगानी गर्ने भएको छ । औद्योगिक उत्पादनलगायत हस्तकलाका वस्तुलाई मेला, महोत्सव तथा प्रदर्शनीका माध्यमबाट औद्योगिक उत्पादनलाई बजारीकरणका लागि सहयोग रउत्पादन वृद्धिलाई उत्प्रेरित गर्ने उद्देश्यले औद्योगिक मेला, महोत्सव, प्रदर्शनीलाई व्यवस्थित गर्न प्रदेश सरकारले ५० प्रतिशतसम्म सहलगानी वा साझेदारी गर्ने नीति लिएको हो ।
महिनामा दुई दिन पनि चल्दैनन् एटिएम
सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले हरेक शाखामा ग्राहकको सुविधाका लागि एटिएम मेसिन जडान गरेर सेवा दिने प्रयत्न गरेको भए पनि एटिएम मेसिन नवलपरासीपूर्वमा प्रयोगविहीन हुन थालेपछि ग्राहकसमेत अन्योलमा पर्न थालेका छन् । नवलपरासीपूर्वको गैँडाकोट, रजहर र कावासोतीमा राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटा शाखा र एटिएम मेसिन रहेका छन् तर महिनामा दुई/तीन दिनबाहेक प्रायः बन्द हुने र बन्द नहुँदा पनि सेवा दिन नसक्ने अवस्थामा रहेकाले यहाँका एटिएमले ग्राहकको विश्वास जित्नुको साटो घटाइरहेको गैँडाकोटका सञ्जीव तिवारीले बताउनुभयो ।
ओस्कारमा ‘ओपेनहाइमर’ लाई अवार्ड
लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ । चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नुभयो भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पार्नुभयो । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।
विश्वासको मत लिँदै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसक्नु भएको छ । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।
छ महिनापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएनुभएको छ ।
तम्घास बजार
गुल्मी सदरमुकाम तम्घास बजारको रमणीय दृश्य ।
मेरिङ्देन गाउँपालिकाद्वारा खेलकुदका विजेतालाई सम्मान
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले खेलकुद प्रतियोगितामा विजयी बनेका खेलाडीलाई सम्मान गरेको छ।
पूर्व प्रदेश प्रमुख यादवको निधन
लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।
पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन : गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताउनुभएको छ। मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र प्रदेशका मुख्यमन्त्रीबिच छलफल
नेपाली कांग्रेसका पदाधिकारी, सात प्रदेशका पार्टी प्रमुख र मुख्यमन्त्रीबिच छलफल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।