जानकारी बिना गठबन्धन भत्काएकामा नेकपा एसका नेता पाण्डेको असन्तुष्टि
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । बुधबारको प्रतिनिधि सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा
धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित भाटीघारी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।
‘सत्तारुढ गठबन्धनमा सहभागी हुँदैनौं’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।
रास्वपाले भन्यो, ‘काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लेन अनुशासनको पालना गराउन शिक्षा
रुपन्देही ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन यात्रु तथा चालकलाई सडकमै शिक्षा दिन थालेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक, पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा चल्ने सबै किसिमका सवारी चालकलाई लेन अनुशासन र ट्राफिक नियमबारे सडकमा शिक्षा दिन थालिएको हो ।
सुर्तीजन्य पदार्थविरुद्ध विशेष अभियान
बाँकेमा सुर्तीजन्य पदार्थको बिक्री र सेवन जताततै खुला रूपमा भइरहेको जनाउँदै सो विरुद्ध विशेष अभियान सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।
कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र मिलेन
नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पीएनजीले दियो नेपाललाई १७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा जितका लागि नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले एक सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
राष्ट्रिय सभा बैठक सुरु
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रिय सभाको पहिलो बैठक सञ्चालन गर्नुभएको हो ।
बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’
जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ ।
बल्दे धुरालसैन सडक निर्माण ढिलाइ
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ । सडक निर्माण कामको जिम्मा लिएको जयदेवी एस, एस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सो सडक निर्माणको काममा ढिलाइ भएको हो ।
‘डेढ वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
क्षयरोगबाट तनहुँमा छ महिनामा सातको मृत्यु
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट
जापानी कम्पनीले बनाएको रकेटले स्याटलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ ।
नेपाल टस जितेर फिल्डिङमा
नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
बजेट अभावले सिँचाइ प्रभावित
मधेश प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगर्दा महोत्तरीको कृषि सिँचाइ कार्यक्रम प्रभावित भएको छ । प्रदेश सरकारको कृषि सिँचाइ प्रवर्द्धन कार्यक्रमअन्तर्गत महोत्तरीका लागि चालु आव (०८०-८१) मा अति न्यून बजेट विनियोजन गरेकोले कृषि ज्ञान केन्द्रलाई किसानको चित्त बुझाउन मुस्किल परेको हो ।
अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरूले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ ।
महिला समूहले खोल्यो दुनाटपरी उद्योग
बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ ।
सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई गाउँपालिकाको नगद उपहार
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई एक हजार नगद सहितको बैंक खाता उपहार दिने भएको छ ।
प्रधानमन्त्रीलाई सबै दलले विश्वासको मत दिनु वाञ्छनीय
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताउनुभएको छ ।
प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ
ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ ।
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।