युएई र मङ्गोलियालाई लगानी बढाउन आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मङ्गोलियाका राजदूतलाई नेपालमा आफ्ना मुलुकका लगानीकर्तालाई ल्याउन आग्रह गर्नुभएको छ । ढकालले बुधबार युएईका राजदूत अब्दुल्ला अल सम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।
मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै
चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।
घाँसका रूपमा मकै बिक्री हुन थालेपछि किसान खुसी
सुनसरी जिल्लाको श्रीलङ्का टप्पुका किसानहरूले लगाएको मकै पाक्न नपाउँदै घाँसका रूपमा बारीबाटै बिक्री हुन थालेको छ । कात्तिकमा लगाएको उन्नत जातको मकै बारीबाटै बिक्री हुन थालेपछि टप्पुवासीले त्यसबाट राम्रो आम्दानी लिन थालेका हुन् । साइलेज घाँसका लागि हरियो मकै बारीबाटै बिक्री हुन थालेपछि बद्री राईले एक बिघा १० कट्ठाको दुधे मकै तीन लाखमा बिक्री गर्नुभएको छ । मकै पाकेपछि दाना बनाएर बेच्नभन्दा बोटै बेच्दा फाइदा भएको राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कात्तिकमा रोपेको मकै चैतमा मात्र तयार हुन्थ्यो । मकै पाक्नुभन्दा ढेड महिनाअगाडि नै खेतबाटै मकै बिक्री भएपछि मकै लगाउँदै आएको छु ।”
विभाग र सेजनबिच सम्झौता
त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बिच अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालनमा सहकार्यका गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विभागको केन्द्रीय कार्यालय कीर्तिपुरमा बुधबार आयोजित एक कार्यक्रमबिच विभाग प्रमुख प्राडा शिवराज अधिकारी र सेजनका अध्यक्ष सुजन ओलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
आर्थिक विकासतर्फ बुटवल सर्वोत्कृष्ट नगर
बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो । नेपाल नगरपालिका सङ्घले मङ्गलबार काठमाडौँमा आयोजना गरेको समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको बुटवल उपमहानगरले जनाएको हो । काठमाडौँमा आयोजित समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
जग्गा दिन निवेदन माग
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरेको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न निवेदन माग गरेको हो । आयोगले धनकुटाको महालक्ष्मी नगरपालिका, उदयपुरको उदयपुरगढी गाउँपालिका, मोरङको केराबारी र कटहरी गाउँपालिका, सुनसरीको वराहक्षेत्र नगरपालिकामा निवदेन माग गरेको छ । रौतहटको माधवनारायण नगरपालिका र सिराहाको अर्नमा गाउँपालिका, दाङको लमही नगरपालिका, शान्तिनगर र बबई गाउँपालिकामा निवेदन माग गरिएको छ ।
सूचीकृत भयो भाइबर
अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।
डायलासिसको पालो पाउन मुस्किल
मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न सक्ने अवस्था छैन । वीर अस्पतालमा दैनिक तीन सत्रमा ६० जनाको नियमित र दैनिक एक/दुई जनाको आकस्मिक डायलासिस हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा दैनिक ६० जनाको डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले एक सत्रमा २० जनाको डायलासिस हुने गरेको बताउनुभयो ।
प्रहरीले समात्यो अवैध काठले भरिएको ट्रक
बैतडी प्रहरीले वन कार्यालयनजिकबाट अवैध काठले भरिएको ट्रक नियन्त्राणमा लिएको छ । चालकसहित काठ ओसार्दै गरेको ट्रक बैतडी प्रहरीले आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाएको छ ।
सचेत भएर कलम चलाउन आग्रह
पत्रकारले लेख्ने सामग्रीले देशको प्रतिष्ठामा फरक पार्ने हुनाले सचेत भएर कलम चलाउन पर्ने सरोकारवालाहरुले आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक र सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले सो सुझाव दिनुभएको हो ।
नक्कली सुन देखाएर चार करोड ठगी गर्ने पक्राउ
प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।
हाइस दुर्घटना हुँदा चार घाइते
नवलपुरको बुलिङ्गटार –६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा ३ ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा दुर्घटना भएको थियो ।
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु
प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ।
प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ : सहमहामन्त्री यादव
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिविचमा एकता आवश्यक भएको बताउनुभएको छ ।
बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा
मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
कृषकलाई अनुदानमा मकैको बिउँ वितरण
रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ ।
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
भन्सार छलेर ल्याएको २७ क्विन्टल प्याज नियन्त्रण
भन्सार छलेर ल्याएको प्याज ठूलो परिणाममा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँपालिकामा महिना दिनदेखि तालाबन्दी
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिकामा एक महिनादेखि जारी तालाबन्दी अझै खुल्न सकेको छैन । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वैकुण्ठ मानन्धरसहित तीनजना सम्मानित
क्यामेलिया स्कुलको रजत महोत्सवको अवसरमा ओलम्पियन वैकुण्ठ मानन्धरसहित तीन खेलाडीलाई सम्मान गरिएको छ ।
विदेशी मुद्रा र सिक्का सटहीमा समस्या
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम सटहीमा समस्या भएको छ ।
एमाले हुम्ला अधिवेशन चैत २८ मा हुने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा हुने भएको छ ।
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।
अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रिय सभाका सदस्यलाई धन्यवाद
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।