आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा एफसी पोर्टोलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।
चैत्र ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकमा हुने भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा चैत्र ६ गते बोलाइएको बैठकमा सो कार्यक्रम हुने जानकारी दिनुभएको हो ।
राष्ट्रिय सभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुभएको छ ।
तीन प्रदेश प्रमुखको शपथ हुँदै
मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु
अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
एक वर्षमा जनावरको आक्रमणका कारण २३ हजार अस्ट्रेलियाली घाइते
सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अस्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।
मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानका शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली विद्यार्थीलाई युएईमा इन्टर्नसिपको अवसर
मिल्टन इन्टरनेसनल कलेजले उक्त कलेजका विद्यार्थीलाई युनाइटेड अरब इमिरेट्सको दुबईका विभिन्न सङ्घ संस्थामा सशुल्क इन्टर्नसिनको अवसर उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्री दाबी प्रस्तुत गर्न पाउनुपर्छ
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ।
सुनसरीका न्यायिक समितिको नयाँ अभ्यास
सुनसरीको स्थानीय तहका न्यायिक समितिहरू एकीकृत भएर नयाँ अभ्यास थालेको छ । जिल्लाका १२ स्थानीय तहका उपप्रमुखहरूको नेतृत्वमा रहेको न्यायिक समितिहरूको मासिक अभ्यास तथा अन्तर्क्रिया गरेर सिकाइ आदानप्रदान गर्ने नयाँ अभ्यासको थालनी गरेको हो ।
रूसको आणविक हतियार अमेरिकाको भन्दा राम्रो भएको राष्ट्रपति पुटिनको दाबी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाको भन्दा निकै उन्नत भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ ।
प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेस गर्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको छ ।
क्यानडाका राजदूत पौडेलको शपथ
क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
'राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता'
राष्ट्रिय सभामा नेकपा (एमाले) का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय टी–२० सिरिज : नेपाललाई हराउँदै पीएनजी च्याम्पियन
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनल खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनले पराजित भएको छ।
‘विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति भएको बताउनुभएको छ ।
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु
द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्लबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
एडीबीद्वारा बाढी नियन्त्रण तथा सिँचाइका लागि बङ्गलादेशलाई सात करोड सहयोग
एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
डुङ्गा दुर्घटना : ११ मछुवाको सकुशल उद्धार, २२ अझै बेपत्ता
समुद्रमा डुबेको डुङ्गामा झुण्डिएर तीन दिनको पखाइपछि इन्डोनेसियाका ११ जना मछुवाको सकुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधबार बताएका छन् ।
राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्नुहुँदै यसले जनतामा निराशा बढेको बताउनुभएको छ ।
गुल्मीमा १६ सयभन्दा बढीलाई निस्सा वितरण
गुल्मीमा १६ सयभन्दा बढीलाई निस्सा वितरण गरिएको छ ।
‘सरकारले जनआकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्छ’
जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकाङ्क्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।