काम छोडेर ठेकेदार सम्पर्कविहीन
घोराही उपमहानगरपालिका–१७ को गैरागाउँ–घनिबगिया सडकखण्ड अन्तर्गत कुटवा खोला पुल निर्माण कार्यको काम अलपत्र परेको छ । २०७९ पुस १३ गतेसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते पूर्वाधार विकास कार्यालय दाङ र महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँका बिचमा सम्झौता भएको थियो ।
बालबन्दीको निःशुल्क उपचार सम्झौता
बाँके जिल्लामा सञ्चालित दुई वटा बाल सुधारगृहमा रहेका बालबिज्याइँकर्ता (बालबन्दी) हरूले अब निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । उनीहरूको निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य संस्था, बाल सुधारगृह र जिल्ला बाल न्याय समितिबिच सम्झौता भएको छ । जिल्लाको नौबस्तास्थित बाल सुधारगृह र हिरमिनियामा रहेको जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दी (बालबिज्याइँकर्ता) हरूलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगन्जले सम्झौता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
कालीगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयदेखि कालीगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण गरिएको छ । पैदलमार्ग निर्माण भएपछि गलेश्वर दर्शन गर्न आएका भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि कालीगण्डकी नदी किनारमा पुग्ने पाँच मिटर चौडाइ भएको करिब १२५ मिटर दुरीको पैदलमार्ग निर्माण गरेको हो । साँघुरो र अप्ठ्यारो बाटोलाई कटिङ, ढलान, ढुङ्गा छपाई, पर्खाल तथा रेलिङ निर्माण गरेर सहज पारिएको छ । ढलान गरिएको बाटोको दायाँतर्फ ढुङ्गा छापिएको छ भने सिँढी र रेलिङ बनाएर पदमार्ग निर्माण गरिएको छ ।
दादुरा–रुबेलाविरुद्धको खोप दुई चरणमा
तनहुँमा करिब १९ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले फागुन महिनामा यहाँ दुई चरणमा सञ्चालन गरिएको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा जिल्लाका १८ हजार ८७८ बालबालिकाले खोप लगाएका जानकारी दिनुभयो । अधिकारीका अनुसार तनहुँमा १६ हजार २०५ जना लक्षित बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियानसहित सुरु भएको खोप कार्यक्रममा लक्ष्यभन्दा बढी खोप लगाइएको छ । अभियानमा ११५ प्रतिशत सहभागी भएका छन् । फागुन १५ देखि २० सम्म पहिलो चरण र २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।
दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय : दातृ निकाय
दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन्
प्रमलाई सदनको विश्वास
‘राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैन’ भन्ने लोक प्रचलित अभिव्यक्ति फेरि एक पटक पुष्टि भएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ महिनामा तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधि सभामा तेस्रो ठुलो दलको हैसियतमा भए पनि मुलुकको राजनीतिमा महत्वपूर्ण नेतृत्व निर्वाह गरिरहनुभएका प्रचण्डले यसअघिको लोकता
‘कामबाट प्रमाणित गर्न प्रतिबद्ध छु’
सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोस्ट्रममा उभिएको छु । सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित सांसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसद्मा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिबद्ध छु । त्यसका लागि यो सार्वभौम संसद्को विश्वास चाहन्छु । प्रधानमन्त्रीका रूपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरत रूपमा लागेँ । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचक राम्रा हुँदै गएका छन् । चालु आर्थिक वर्षको सात महि
मिर्गौला उपचारमा फड्को
सन् २००८ तिरको कुरा हो, विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययन प्रतिवेदन अनुसार नेपाल जस्तो विकासोन्मुख मुलुकमा मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतभन्दा बढी रोगी केही महिनामै मृत्युवरण गर्न बाध्य हुन्थे । त्यसताका नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन र डाइलायसिस सेवा अत्यन्तै कम उपलब्ध थियो । मिर्गौला प्रत्यारोपण गर्न छि
समाजवादमा पुग्ने मार्ग
संविधानमा समाजवाद उल्लेख गरिएको छ । हाम्रो परिवेशमा पनि यो दीर्घकालीन विषय नै हो । तथापि राजनीतिक दलहरूले यसलाई नाराकै रूपमा बढी चर्चा गर्नाले र जनताको तीव्र चाहनाको विषय हुनुका कारण यो लोकप्रिय शब्द बनेको छ । साथै चर्चा बढी तर तदनुरूप काम नहुँदा यो शब्दप्रति नै वितृष्णा जाग्ने अवस्था आउन सक्छ । समाजवाद भन्नेबित्तिकै कम्तीमा शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता सेवासुविधामा जनताको सहज पहुँचको सुनिश्चतताको अपेक्षा र मान्यता रहेको हुन्छ । हाम्रो तत्कालकै अवस्थामा यो सहज देखिएको छैन तर पनि हामी सबै समाजवादको नारा उरालिरहेका छौँ । कोरा नाराले यो विडम्बनायुक्त र निराशा सिर्जना गर्ने विषय बन्न जाने संशय बढिरहेको छ ।
सङ्घीयता सबल बन्ने आधार
गत वर्ष पुस १० गते बनेको एमालेसहितको गठबन्धन भत्किएपछि फागुन २५ गते राष्ट्रपतिको निर्वाचनसँगै कांग्रेस र माओवादीबिच नयाँ गठबन्धन बनेको थियो । त्यो गठबन्धन सरकार करिब एक वर्षसम्म चलेपछि फागुन २१ गते टुट्यो । पुनः एमाले, रास्वपा र जसपासित गठबन्धन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कै नेतृत्वमा सरकार गठन भएको छ । यसरी छिटो छिटो सरकार परिवर्तन भएपछि मुलुकको निरन्तर विकास र निर्माणमा असर पर्छ नै । कुनै दलको एकलौटी बहुमत नआएपछि गठबन्धन सरकारको गठन हुँदै आएको छ ।
पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या
आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं. ७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।
प्राविधिक शिक्षा सुधारका प्रसङ्ग
देशको मेरुदण्ड शिक्षा क्षेत्र भए जस्तै शिक्षाको पनि मेरुदण्ड मानिने प्राविधिक शिक्षाको अवस्था पछिल्लो समय दयनीय बन्दै गएको छ । प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या ओरालो लागिरहँदा नयाँ नयाँ प्राविधिक शिक्षालय खुल्ने क्रम भने उकालो लागिरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ताजा तथ्याङ्क अनुसार डिप्लोमा तहको कार्यक्रममा चालु शैक्षिक सत्रमा ५७ हजार ७० विद्यार्थी भर्ना हुनुपर्नेमा ४६.६९ प्रतिशत अर्थात् २६ हजार ६४६ विद्यार्थी मात्रै भर्ना भएका छन् । यसमा स्वास्थ्यबाहेकका कार्यक्रममा भर्ना हुने विद्यार्थीको सङ्ख्या २० प्रतिशत हाराहारीमा मात्रै रहेको
मान्म–कोटवाडा केबुलकार डिपिआर तयार
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माणको लागत प्रतिवेदन सार्वजनिक भएको छ । कालीकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन माथि छलफल गदै लागत अनुमान सार्वजनिक गरिएको हो ।
रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार ९चैत ५ गते० देखि हप्तामा तीन पटक उडान हुने भएको हो ।
खोटाङमा डढेलोलेबाट रु २० लाख बढीको क्षति
सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
कर्णालीको माछाले राम्रो आम्दानी
दक्षिणी क्षेत्रको कर्णाली नदी किनारमा बसोबास गर्दै आएका व्यवसायीले माछाबाट राम्रो आम्दानी गर्न थालेका छन् । नदीमा जाल हालेर दैनिक माछा मार्ने र त्यो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडका होटल व्यवसायी जानबहादुर छन्त्यालले दैनिक नदीमा जाल हालेर पाँच केजीसम्म माछा पार्ने गरेको बताउनुभयो । हाल सर्केगाडमा माछाको मूल्य प्रतिकेजी आठ सय रुपियाँ पर्ने गर्छ । उहाँले दैनिक चार हजारसम्म जालमा परेका माछा बिक्री गरेर कमाइरहेको बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
छ हजार किसानलाई कार्ड वितरण गर्ने
भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोगमा किसान कार्ड वितरण सुरु गरेको छ । पहिलो चरणमा उदयपुर, सप्तरी र सिराहा जिल्लाका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई सो कार्ड वितरण गर्ने भनी दुई पक्षमा बुधबार सम्झौता भएको छ । केयर नेपाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच हस्ताक्षर भएपछि विभिन्न जिल्लाका छ जना महिला कृषकलाई सो कार्ड वितरण गरी शुभारम्भ गरिएको केयर नेपालका निर्देशक मोना शेर्पाले बताउनुभयो ।
म्युजिक भिडियो सार्वजनिक
केबिएस लुभु प्रोडक्सन हाउसले तीन म्युजिक भिडियो ‘जुल रे जुल’ ‘पुलुक स्वैम्ह’, ‘मिखा मिखाया खँलाबला’ सार्वजनिक गरेको छ । कीर्तिपुर सिने प्लेक्समा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ साहित्यकार चलचित्र निर्देशन तथा लेखक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले संयुक्त रूपमा ती म्युजिक भिडियोको लोकार्पण गर्नुभयो । यसै गरी सो कार्यक्रममा लोकार्पण भइसकेको नेपाल भाषाका अन्य म्युजिक भिडियो ‘मन जिगु जुल चञ्चल’, ‘न्हिले न्हिलेथें’, ‘मुसुं न्हिला’ र सरिता महर्जनको जन्मदिनको उपहार स्वरूप उहाँको ‘भेट भयो झम्के साँझमा’ पनि प्रदर्शन गरिएको थियो
महाजात्रासँग स्थानीय सरकारको संवाद
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली चलचित्र क्षेत्रलाई समेट्ने बताउनुभएको छ । धरानमा बुधबार आयोजित ‘महाजात्रासँग स्थानीय सरकार ः चलचित्र संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली चलचित्रसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताउनुभयो । “नेपाली चलचित्रलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले चलचित्रलाई हे¥यो र सोच्यो भन्ने आभाष पक्कै हुने छ । म चलचित्र, कला र साहित्यसँग जोडिएको र गम्भीर रूपमा सोच्ने व्यक्ति हुँ,” मेयर साम्पाङले भन्नुभयो, “धरानमा चलचित्र छायाङ्कनका लागि सहज हुने गरी चाँडै सुटिङ स्थल समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने छु ।”
कलाशालामा १५० कलाकारको सहभागिता
ललितकलाका सबै विधाका अन्तर्राष्ट्रिय कलाकारको सहभागिता रहने ‘कलाशाला’ को तयारी पूरा भएको छ । आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले बुधबार इन आर्ट वल्र्डद्वारा काठमाडौँमा चैत २ देखि आयोजना गरिने साताव्यापी कलाशालाका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले आकार आर्ट सेन्टर र नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको संयोजनमा नेपालमा पहिलो पटक आयोजना हुने कलाशालामा ललितकलाका सबै विधाका १५० कलाकारको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार भारत, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश, इरान र ताइवानका मात्र ६८ जना कलाकार नेपाल आउने छन् ।
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि प्रदेश सरकारले ‘कर्णालीले जे बिक्री गर्छ, मूल्यवान चिज बिक्री गर्छ’ भन्ने नारालाई अंगिकार गरेको छ । यहाँ उत्पादित सबै खालका अन्नबाली र लत्ताकपडा अर्गानिकउपज हुन् भन्ने कुरा ‘लोगो’बाट पहिचान दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।
पाथीभरामा रु ५५ लाख सङ्कलन
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।