एट्लेटिको र बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
क्यान्सरपीडित शेर्मालाई फोनिजको सहयोग
क्यान्सरपीडित कविन्द्र शेर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) केन्द्रले आर्थिक सहयोग प्रदान गरेको छ । शेर्मालाई आज फोनिजका अध्यक्ष गजुरधन राईले सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
अग्लो स्थानमा पर्यटन महोत्सव हुँदै
आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।
रुखले मोटरसाइकल च्यापिदा एकको मृत्यु
धनकुटामा गुडिरहेको मोटरसाइकललाई रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ ।
केबलकार परियोजना अघि बढाउन माग
ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकार परियोजनाको काम अघि बढाउन स्थानीय निजी क्षेत्रले माग गरेका छन् ।
सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना
सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ । नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर–आवासीय र चार हजार ९०० स्थानीय रहेका छन् ।
एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडिया ग्रुपको साथ
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा चैत १२ गते हुने एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडिया ग्रुपले प्रायोजन सहयोग गर्नुभएको छ ।
तलब नपाएको भन्दै परीक्षा गर्न अस्वीकार
चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि सोको विरोधमा रौतहटको फतुवाविजयपुर नगरपालिकाका शिक्षक–कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेका छन् ।
नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छायाङ्कन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभयो ।
बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन गर्नुपर्छ
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिनुभएको छ।
इसान कप फुटसल शनिबारदेखि
आरबिबीएल इसान कप फुटसल प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि हुने भएको छ ।
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्नुहुँदै सर्वोच्चमा गत फागुन ३० गते बुधबार रिट दायर गर्नुभएको हो ।
बालसुधार गृहमा विद्यालय सञ्चालन गर्न उच्च अदालतको परमादेश
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय सञ्चालन गर्न डुडुवा गाउँपालिका समेतका विपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ ।
आगलागीबाट तीन घर जलेर नष्ट
धनकुटा नगरपालिका–१० धर्मशालामा आगलागी हुँदा तीन घर पूर्णरुपमा जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति पुगेको छ ।
आइसिसी अध्यक्ष बार्कले नेपाल आउने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले मार्च १८ देखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ ।
चैत अन्तिममा एमाले कालीकोटको अधिवेशन
नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औँ जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।
प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन, नियुक्ति सिफारिसको प्रक्रिया ठप्प
प्रदेश लोक सेवा आयोग मधेश प्रदेश आयोगविहीन (पदाधिकारीविहीन) छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा आयोगविहीन अवस्थामा पुगेको हो ।
‘देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ’
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुलुकका लागि ‘कठिन’ समयमा मतदान गर्न पुटिनको रुसी जनतासँग आग्रह
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गर्नुभएको छ ।
इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने
युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो ।
चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने
चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्व अर्थमन्त्री डा.खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको काम नभएको बताउनुभएको छ। बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो।
निर्माणमुखी सामग्री विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ
प्रतिनिधि सभामा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।
खानेपानी मर्मत योजना : अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।