• १३ साउन २०८१, आइतबार

‘देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ’

blog

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी । फाइल तस्बिर

काठमाडौं, चैत १ गते । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताउनुभयो । उहाँले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको पार्टी कांग्रेसले संसद् बन्द गर्नु नहुने बताउनुभयो ।

सांसद भण्डारीले भन्नुभयो, ‘‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ । जसले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद् बन्द गर्नु हुँदैन । सिद्धान्ततः सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नुहुँदैन । ३४ वर्ष भयो हामीले बहुदल ल्याएको यो समयमा कुनै पनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’’

उहाँले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताउनुभयो ।