• १३ साउन २०८१, आइतबार

अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्व अर्थमन्त्री डा.खतिवडा

blog

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा । फाइल तस्बिर

काठमाडौं, चैत १ गते। पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको काम नभएको बताउनुभएको छ।

बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासङ्घले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो।

एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उहाँको भनाइ छ। उहाँले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीको अब काम नभएको दाबी गर्नुभयो। 

उहाँले अब बहुउद्देश्यीय सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय बहुउद्देश्य सहकारीका नाममा नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अस्तित्व २०२५ मा नै सकिने बताउनुभयो। 

पूर्व अर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३० सम्म नरहने दाबी गर्नुभयो।