गैँडाको आन्तरिक स्थानान्तरण सुरु
नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ ।
राष्ट्रियसभामा नयाँ व्यवस्थाः सुरु भयो प्रादेशिक सरोकार समय
राष्ट्रियसभाको बैठकमा प्रादेशिक सरोकारका विषयमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ सुरु भएको हो ।
मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
बाँकेमा ८४० महिलाकाे स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण
बाँकेको खजुरा गाउँपालिकामा ८४० जना महिलालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचार प्रदान गरिएको छ । जसमध्ये २७ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार
सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमकाे मस्यौदा तयार परेको छ ।
विकट गाउँ ठोट्नेरीमा सामुदायिक भवन
विकट गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे ठोट्नेरीमा भवन निमार्ण भएको छ । उक्त भवनको पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बिच उद्धघाटन गर्नु भएको छ ।
टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज
सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुचारु गरेको हो ।
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
‘आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित हुनुपर्छ’
राष्ट्रिय सभाका सांसदहरुले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै सङ्घीय सरकारको आलोचना गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्नुहुँदै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु सहज ढङ्गले अघि बढ्ने गरी आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु
गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
मैनामैनी दुर्घटनाका घाइते भन्छन्- अप्ठ्यारो बाटोका कारण दुर्घटना भयो
भोजपुरको हतुवागढी गाउँपालिका-५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आउनुभएको थियो । उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम ।
तातोपानी कुण्ड संरक्षणमा प्रदेश सरकारको चासो
२०७८ साल असार १ मा आएको बाढीले मनाङको तातोपानी कुण्ड बगायो । बाढीका कारण चामे गाउँपालिका–५ चामेमा रहेको तातोपानी कुण्डको संरचना पूर्णरुपमा भत्किएको छ ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह
सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गर्नुभएको थियो ।
साँघुरा गल्लीमा आगलागीको जोखिम कम गर्न पूर्वसतर्कता
पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।
‘सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गरौं’
नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
कामपाले सुरु गर्यो प्राचीन नाम पुनरुत्थान कार्य
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।
अन्नपूर्ण आधार शिविर र पदमार्गको पर्यटन गुरुयोजना बनाउन अध्ययन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरीस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
यो फेरबदलले धेरै ठूलो समस्या ल्याउँदैन : प्रवक्ता सापकोटा
सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ ।
१० महिनामा ६ जना कैदीको मृत्यु
सप्तरीको राजविराजस्थित कारागारमा १० महिनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कारागारमा एक युवकले झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ ।
सप्तरीमा धेरै आँप फल्ने अनुमान
सप्तरीमा यस वर्ष बढी आँप उत्पादन हुने अनुमान छ । हाल मौसममा देखिएको अनुकूलता तथा आँपको रुखमा मञ्जरी लागेका कारण बढी आँप उत्पादन हुने अनुमान रहेको हो ।
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुविधासम्पन्न प्रशासनिक भवन
बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधा समेत छ ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।