सुन जाँचबुझ आयोगकाे सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी [तस्करी] नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
मन (निबन्ध)
हामीलाई लाग्छ, मन भनेकै मुटु हो । के मन मुटुमै अवस्थित हुन्छ । यो प्रश्न किन पनि जरुरी हुन्छ भने स्नायुरोग विशेषज्ञले मान्छेको भावनात्मक स्थितिलाई मस्तिष्कले महसुस गर्ने दाबी गर्छन् । त्यसो भए हामी किन मन भनेर मुटुलाई सङ्केत गर्छौं ?
रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन
रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्क विहीन भएका शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विद्यार्थीहरूका हातमा पुगेन पुस्तक
नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्याेलले हालसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको भए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहहरूले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको हो ।
नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हँुदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो ।
संसदमा जनताका मुद्दा निरन्तर उठाउने गरेको छु : सांसद मोदी
संसदकाे अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन् । संसद् एउटा खुला विश्वविद्यालय हो । संसद् एउटा सिक्ने विषय नै हो । किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ । जनताका विषयवस्तु, जनताका आवाज, नीति निर्माणमा पहुँच पुर्याउन भूमिका खेल्ने सर्वोच्च ठाउँ सार्वभौम संसद् नै हो ।
उपनिर्वाचनका लागि बढ्यो चहलपहल
बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा उपनिर्वाचनका लागि मिति तय भएसँगै राजनीतिक सरगर्मी तथा चहलपहल बढेको छ । उपनिर्वाचनका लागि विभिन्न दलले आफ्नो पार्टीबाट उम्मेदवार छनोट गर्न छलफल, गोष्ठी, भेटघाटलगायतका कार्यक्रम बढाएका छन् । उपनिर्वाचनलाई लक्ष्य गरी नेकपा (एमाले) बझाङले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले वैशाख १५ का लागि उपनिर्वाचनको मिति तय गरेको छ ।
नाउपाको आन्तरिक विवाद छताछुल्ल
थरुहट आन्दोलनसँगै कैलाली जिल्लाको टीकापुर घटनाको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद छताछुल्ल भएको छ । सङ्घ तथा प्रदेशमा सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा सो पार्टीभित्र आन्तरिक विवाद देखिएको हो । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित सङ्घीय सरकारलाई समर्थन जनाउनुभएको छ ।
वैभव वीरगन्ज बनाउने लक्ष्यमा छौँ
पूर्वमा बारा जिल्ला, उत्तरमा पर्सा वन्यजन्तु आरक्ष, पश्चिममा पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका र विन्ध्यवासिनी गाउँपालिका अनि दक्षिणमा भारत पर्ने वीरगन्ज महानगरपालिकाले १३२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । य
बर्सेनि घट्दै एसइईमा विद्यार्थी
कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्याङ्क अनुसार प्रदेशमा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ । यो वर्ष प्रदेशभरबाट ३५ हजार ८०८ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यो सङ्ख्या गत वर्षको भन्दा तीन हजार १६२ ले कम हो । २०७९ सालमा ३८ हजार ९७० जनाले एसइई दिएका थिए । शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।
गैँडा आन्तरिक स्थानान्तरणको तयारी
चितवन राष्ट्रिय निकुञ्जमा अन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ । सुरक्षा र वंश विस्तारका लागि निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । बासस्थानको दृष्टिले निकुञ्जको पूर्व र पश्चिम अनुकूल भए पनि पश्चिम क्षेत्रमा गैँडा धेरै भएकाले पूर्वतर्फ स्थानान्तरण गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
नरैनापुर मेला लोप हुने अवस्थामा
बुटवल–१६, बैठौलियाका परशुनारायण चौधरीलाई आफूले ५० वर्षअघिदेखि हेर्दै आएको नरैनापुर मेला लोप हुँदै गएकोमा चिन्ता लागेको छ । उहाँ सानै हुँदा बुवाले नरैनापुर मेला हेर्न लैजाने गरेको अझै स्मरण गर्नु हुन्छ । बुटवल उपमहानगरपालिका–१६, नरैनापुरमा महाशिवरात्रिका अवसरमा लाग्दै आएको नरैनापुर मेलामा पछिल्लो समय दर्शक उल्लेखनीय रूपमा कम भएका छन् । स्थानीय सर्जु चौधरीका अनुसार शिवरात्रिका दिनदेखि सात दिन हुने मेलामा रुपन्देही मात्र नभएर छिमेकी जिल्लाबाट समेत हजारौँ दर्शक आउँथे तर अहिले भने मेला धेरै खुम्चिएको छ ।
हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सरकारले तीन दिन मात्रै चलेको लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ । तीन दिनमै हिउँदे अधिवेशन सकिएको भनी पत्राचार गरेपछि नेकपा (एमाले) ले विरोध जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो । मुख्यमन्त्री डिल्ली चौधरीले सदन छल्न अधिवेशन नै अन्त्य गरेको आरोप एमालेको छ । फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा पर्नुभएको छ । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले सदन स्थगित गरेर प्रदेश प्रमुखको पत्राचार गरेको उल्लेख गर्नुभयो ।
कालोपत्रे भएपछि यात्रा सहज
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ अन्तर्गत पूर्वी खण्डको कालोपत्रे तीव्र भएसँगै यात्रा सहज भएको छ । व्यास नगरपालिका–१०, सेवर निवासी राजेन्द्र मिश्रले हाल बाटो कालोपत्रे भएकाले यात्रा सहज भएको बताउनुभयो । मिश्रले भन्नुभयो, “अहिले धैरे पक्की भएकाले यात्रा सहज र छिटो भएको छ ।” पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार दुईतर्फी गरेर ३७ किलोमिटर दुरीमा कालोपत्रे गरिएको छ । उक्त सडक अन्तर्गत चार लेनको १४ किलोमिटर र दुई लेनको २३ किलोमिटर अस्फाल्ट प्रविधिको कालोपत्रे भएको छ ।
ठुला पुलमा ‘गर्डर लन्चिङ’ को काम सुरु
नारायणगढ–बुटवल सडकखण्ड विस्तार अन्तर्गत ठुला पुलमा ‘गर्डर’ राख्ने काम सुरु भएको छ । दुई ठुला मेसिन आएसँगै पुलमा ‘गर्डर लन्चिङ’ को काम थालिएको आयोजनाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर पूर्वी खण्डमा अहिलेसम्म ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।
बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् ।
मिर्गौला उपचारमा पहुँच
अनेक धातुबाट निर्मित मेसिनरी चिजलाई पनि राम्रोसँग सञ्चालन गरिएन भने जुनसुकै बेला बिग्रिन सक्छ भने अन्नपानीको मानवीय शरीरलाई सन्तुलनमा राख्नु त झनै अपरिहार्य हुन्छ । थोरै मात्र लापरबाही गरियो भने जुनसुकै बेला बिरामी पर्ने सम्भावना हुन्छ । हाम्रो शरीर सञ्चालनका महìवपूर्ण अङ्गमध्ये कुनै एक अङ्गले काम गर्न छोडिदियो भने अन्य सबै अङ्ग तन्दुरुस्त हुँदाहुँदै पनि दीर्घरोगी बन्ने मात्र नभएर मृत्युको मुखमा पुग्न सक्छौँ । ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’ छ भन्ने जान्दाजान्दै पनि आहारबिहारमा ध्यान नपु¥याउँदा अनेक रोगको सामना गर्नु परिरहेको हुन्छ । पछिल्लो समयमा विश्वमै गम्भीर समस्या बन्दै गएको मिर्गौलासम्बन्धी रोगले नेपालमा पनि विकराल रूप लिन थालेको देखिएको छ । कुल जनसङ्ख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपको मिर्गौलासम्बन्धी रोग भएको विभिन्न अध्ययनबाट देखिनुले समस्याको जटिलतालाई पुष्टि गर्छ ।
राष्ट्रप्रेम झल्कने शिक्षा
नेपालका विश्वविद्यालयमा कार्यकारी उपकुलपति (भिसी), रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति र पदस्थापनाका बारेमा बहस चलिरहेको छ । त्रिविले भर्खरै नयाँ भिसी पाएको छ । यसैबिच केही भिन्न सोच बोकेकी, उच्च शिक्षा सम्बन्धमा उच्च दखल भएकी नयाँ शिक्षामन्त्रीको आगमन पनि भएको छ । त्रिविको भिसीबाहेक अब अन्य विश्वविद्यालयमा पनि भिसीलगायत विविध पदाधिकारी नियुक्ति प्रक्रियाले तीव्रता लिँदै छ । नियुक्ति मात्रै महत्वपूर्ण विषय होइन । शिक्षानीतिबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । नयाँ शिक्षा प्रणाली २०२८ असान्दर्भिक भइसकेको छ । हालसम्म विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा हामी चुकिरहेका छौँ । यस आलेखमा विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानको अवधारणा अगाडि सार्दै अघि बढ्नु अपरिहार्य भइ
गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जना पक्राउ
गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । आरुघाट गाउँपालिका र चुमुनुब्री गाउँपालिकाबाट विभिन्न स्थान र विभिन्न मितिमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ । चोरी भएको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासुदेव पाठकले बताउनु भयो ।
‘साइरन’ ध्वनि प्रदूषणको कारक
उपत्यकाका सडकमा एकैछिन उभिएर हेर्ने हो भने बिरामी पु¥याएर फर्किएको एम्बुलेन्स होस् वा आगो निभाएर फर्किएको दमकल, सुरक्षा निकायको होस् वा स्थानीय तहका सवारीसाधन, शव वाहन होस् वा राष्ट्रिय झन्डा वाहक विशिष्ट व्यक्तिहरूको सवारीसाधन नै किन नहुन साइरन जडित त्यस्ता सवारीसाधन अत्यावश्यकबाहेक पनि ठुला ठुला आवाजमा हुइँकिरहेको बग्रेल्ती देख्न सकिन्छ । साइरन जडित यस्ता सवारीसाधनको कर्कस ध्वनिले ध्वनि प्रदूषणमा बढवा दिइरहेको छ । ट्राफिक सङ्केतको रातो बत्तीमा रोकिएर हरियो बल्दा स्टप लाइनमा रोकिएका र अगाडि बढ्न केही सेकेन्ड मात्र पनि ढिला गर्ने सवारीविरुद्ध पछाडिको सवारी चालकले हर्न बजाएर गर्ने विरोध, त्यसै गरी ‘ब्रेक नभए बरु खासै फरक नपर्ने तर हर्न अनिवार्य’ भन्ने सवारीचालकको मानसिकताले गर्दा पनि दिनानुदिन ध्वनि प्रदूषण बढिरहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
सञ्चार क्षेत्रमा महत्त्वपूर्ण फड्को
सरकारले अघि सारेको सुशासनसहितको विकासको मूलमन्त्रलाई केन्द्रमा राखेर सञ्चार मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण आधार तयार पार्ने काम गरेको छ । एक वर्षका बिचमा कानुनी, नीतिगत र संरचनात्मक सुधार तथा सुशासनको पक्षमा मन्त्रालयले महत्वपूर्ण जग हाल्ने काम गरेको छ । एक वर्षको बिचमा ऐन, नीति, नियमावली र निर्देशिका गरी १३ वटा कानुनमाथि छलफल आरम्भ गरेकोमा तीन वटा नियमावली र एउटा निर्देशिका पारित भएर कार्यान्वयनमा गएका छन् । मन्त्रीपरिषद्मा दुई वटा पुगेका छन् भने बाँकी कानुनका मस्यौदा अन्य मन्त्रालयको सहमति लिएर मन्त्रीपरिषद् पठाउने अन्तिम तयारीमा छन् ।
राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो ।