• ४ साउन २०८१, शुक्रबार

रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन

blog

रुसी सेनामा भर्ती भएर निधन हुनुभएका नवीन शाही । तस्बिर: गोरखापत्र

सहदेव बस्नेत

जाजरकोट, चैत २ गते ।  रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका  शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ ।