शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला चैत ८ गते । शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका–२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् ।
बाक्लो हिमपात र असिनाको चिसोको कारण राति नै १२ वटा भेडा उक्त खर्कमा पालनका लागि राखिएका थिए । भेडा पालक जनक रावलका अनुसार तिलाइला पाटन चार हजार मिटर उचाइमा पर्छ ।
मरेका भेडामध्ये दस वटा आफ्नो रहेको र दुई वटा ढकाल रावलको रहेको उहाँले बताउनुभयो । चिसोले मरेकामध्ये सात वटा भेटिएको र पाँच वटा फेला नपरेको उहाँको भनाइ छ । हिपमताले चिसो भएपछि राति भेडाहरू तितरबितर भएपछि ओडारमा मरेको अवस्थामा भेटिएका थिए ।
जमिनमा एक फिट बाक्लो हिउँ जमेको कारण बेपत्ता भएका भेडाहरू खोजी गर्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । सो खर्कमा दुई परिवारका १८० भेडा पालनका लागि चैत १ गते लगिएका थिए ।