शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ८ गते । चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नदिएको भन्ने भनाई सरासर झुट भएको राखेपले जनाएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार विज्ञप्ती जारी गर्दै राखेपले रङ्गशालामा खेलाउन स्वीकृति नदिएका कारण खेल रद्ध गर्नुपरेको जनाएको थियो । तर एन्फाको विज्ञप्ती आएको केही समयपछि राखेपले विज्ञप्ती जारी गर्दै एन्फाको भनाईको खण्डन गरेको छ ।
राखेपले खेलका लागि स्वीकृति दिएको र मैदान, फर्डलाइड, स्कोर बोर्ड र अन्य पूर्वाधार प्रयोगका लागि बैंकमा दस्तुर रकम जम्मा गर्न पत्राचार गरेकोसमेत उल्लेख गरेको छ ।

