काठमाडौँ, वैशाख २४ गते । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इटालीको सानसिरोमा मङ्गलबार भएको खेलमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । समग्रमा इन्टर ७–६ गोलले विजेता बनेको हो ।
यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो । फाइनलमा इन्टरले पेरिस सेन्ट जर्मेन (पिएसजी) र आर्सनलबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी