• २० वैशाख २०८१, बिहिबार

विभाग र सेजनबिच सम्झौता

blog

काठमाडौँ, चैत १ गते । त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बिच अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालनमा सहकार्यका गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

विभागको केन्द्रीय कार्यालय कीर्तिपुरमा बुधबार आयोजित एक कार्यक्रमबिच विभाग प्रमुख प्राडा शिवराज अधिकारी र सेजनका अध्यक्ष सुजन ओलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रूपमा अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालन, ज्ञानको आदानप्रदानका लागि दुई संस्थाबिच सम्झौता भएको छ । वौद्धिक, प्राज्ञिक एवं अनुसन्धानात्मक कार्यमा सहकार्यसँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने सम्झौतापत्रमा उल्लेख छ । 

सम्झौता अनुसार विभागले गरेका अध्ययन अनुसन्धानको नतिजाको तथ्यपरक विश्लेषणसहित नीति निर्मातासम्म पु¥याउन सेजनले सहजीकरण गर्ने छ । सम्झौपछि विभाग प्रमुख अधिकारीले तथ्यमा आधारित र कार्यान्वयनयोग्य नीति निर्माणका लागि पैरवी गर्ने समान उद्देश्यसाथ विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि दुवै संस्थाले संयुक्त रूपमा भूमिका खेल्ने उहाँले बताउनुभयो । 

सेजन अध्यक्ष ओलीले सम्झौताले आर्थिक क्षेत्रमा कलम चलाइरहेका सञ्चारकर्मीको क्षमता विकाससँगै विभिन्न अनुसन्धानमा आधारित सूचना तथा तथ्याङ्क प्राप्ति र त्यसको सही प्रयोगका लाथि विभागसँग सहकार्य गरिएको जानकारी दिनुभयो ।