• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

blog

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । बुधबारको प्रतिनिधि सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभयो । उहाँले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरूको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरू बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताउनुभयो ।