गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपाल अन्तर्गत प्रकाशित दुई भाषाका संयोजकहरु वार्षिकोत्सवको अवसरमा सम्मानित हुने हुनुभएको छ ।
गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश र संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना हुने विशेष कार्यक्रममा सुनुवार भाषाका संयोजक लोकप्रिय सुनुवार र नेवाः भाषाका संयोजक रमेशकाजी स्थापितलाई सम्मान गर्ने कार्यक्रम तय भएको हो ।
गोरखापत्र संस्थानले २०६४ असोज १ गतेदेखि बहुभाषिक पृष्ठ अन्तर्गत नयाँ नेपाल पृष्ठ प्रकाशन गर्दैआएको छ । बहुभाषिक समुदायलाई सरकारी सञ्चार माध्यम गोरखापत्रमा अपनत्वबोध हुनेगरी पृष्ठ प्रकाशन सुरु गरिएको थियो । नयाँ नेपाल अन्तर्गत अहिले ४५ भाषाका पृष्ठहरु प्रकाशन हुँदैआएको छ ।
संयोजक सुनुवार र स्थापितले गोरखापत्र बहुभाषिक पृष्ठअन्तर्गत लामो समयदेखि योगदान दिनुभएको मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको नयाँ नेपाल विभागका संयोजक कुमार विवेकानन्द मिश्रले जानकारी दिनुभयो ।