गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका उत्कृष्ट सिफारिस भएका पत्रकार–कर्मचारी सम्मानित हुनु हुनेभएको छ ।
उत्कृष्ट कर्मचारी छनौट कार्यदल २०८२ ले गरेको सिफारिसअनुसार नेपाली प्रुफरिडर तर्फ प्रमुख प्रुफरिडर लीलाराज अधिकारी, प्रेसम्यान अनिल तामाङ र लेखापाल रवि घिमिरे पुरस्कृत हुन लाग्नुभएको हो । उत्कृष्ट कर्मचारी सबैलाई बुधबार हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने कर्मचारी प्रशासन शाखाका प्रमुख नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।