• १५ वैशाख २०८१, शनिबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. ९६ औँ संस्करणको ओस्कार अवार्ड (२०२४) मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ?

ओपनहाइमर 

आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपनहाइमरको सो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ । ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायाङ्कन, बेस्ट स्कोरसहित सात अवार्ड जितेको छ । 

उत्कृष्ट चलचित्र : ओपनहाइमर

उत्कृष्ट अभिनेता : किलियन मर्फी (ओपनहाइमर)

उत्कृष्ट अभिनेत्री : एम्मा स्टोन (पुअर थिङ्स)

उत्कृष्ट निर्देशक : क्रिस्टोफर नोलन (ओपनहाइमर)

उत्कृष्ट सहायक अभिनेता : रोबर्ट डाउनी जुनियर (ओपनहाइमर)

उत्कृष्ट सहायक अभिनेत्री : द–भाइन जोय रान्डोल्फ (द होल्ड ओभर्स)

उत्कृष्ट एडप्टेड स्क्रिन प्ले : अमेरिकन फिक्सन

उत्कृष्ट ओर्जिनल स्क्रिन प्ले : एनाटोमी अफ अ फल

उत्कृष्ट एनिमेटेड फिचर फिल्म : दी बोय एन्ड दी हेरोन 

उत्कृष्ट एनिमेटेड सर्ट : वार इज ओभर

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर : दी जोन अफ इन्टे«स्ट

उत्कृष्ट डकुमेन्ट्र फिचर : ट्वेन्टी डेज इन मारिउपोल

उत्कृष्ट डकुमेन्ट्र सर्ट : दी लास्ट रिपेयर सप

उत्कृष्ट ओरिजिनल स्कोर : ओपनहाइमर

उत्कृष्ट मौलिक गीत : ह्वाट आइ वाज मेड फर (बार्बी)

उत्कृष्ट साउन्ड : दी जोन अफ इन्ट्रेस्ट

उत्कृष्ट उत्पादन डिजाइन : पुअर थिङ्स

उत्कृष्ट लाइभ एक्सन सर्ट : दी वन्डरफुल स्टोरी अफ हेनरी सुगर

उत्कृष्ट सिनेमेटोग्राफी : ओपनहाइमर

उत्कृष्ट मेकअप र हेयरस्टाइलिङ : पुअर थिङ्स

उत्कृष्ट पोसाक डिजाइन : पुअर थिङ्स 

उत्कृष्ट दृश्य इफेक्ट : गोडजिला माइनस वन

उत्कृष्ट चलचित्र सम्पादन : ओपनहाइमर


२. लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

विसं २०८० फागुन २३ र २४, वीरेन्द्रनगर (सुर्खेत)

(चौथो राष्ट्रिय सम्मेलन तेह्र बुँदे निर्णय र पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।)


३. सन् २०२४ मार्चमा नेपालमा सम्पन्न त्रिदेशीय टी–२० च्याम्पियनसिपको उपाधि कसले जित्यो ? 

नेदरल्यान्ड्स 


४. इन्टरनेसनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले चलचित्र स्वर्णिम सम्मान–२०८० बाट कसलाई सम्मान ग¥यो ?

नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्का 

पाँच दशकसम्म नेपाली फिल्म कलाको क्षेत्रमा योगदान पु¥याएका कलाकर्मीलाई सो सम्मानबाट सम्मानित गरिएको छ ।

त्यस्तै अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल र करिश्मा मानन्धर, अभिनेता रवीन्द्र खड्का, निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र विशेष व्यक्तित्वका रूपमा सम्मान गरिएको छ ।


५. अली मियाँ लोक वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

नारायण रायमाझी (पुरस्कार राशि : ५० हजार रुपियाँ)


६. पाकिस्तानको १४ औँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?

आशिफ अलि जरदारी (सन् २०२४ मार्च)

महमुद खान अचकजईलाई पराजित गर्दै जरदारी राष्ट्रपति बनेका हुन् । जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग–नवाज (पिएनएल–एन) को समर्थन थियो । 

जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म ११ औँ राष्ट्रपति बनेका थिए । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् । 


७. महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ?

पूर्वराष्ट्रपति डा. रामवरण यादव 

त्यसै गरी योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९, समाजसेवी दुर्गा घिमिरेलाई प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० र सङ्गीत साधक सरिता मिश्रलाई प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९ प्रदान गरिएको छ । 


८. भूउपयोग ऐन, २०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ? 

कृषि बाली उत्पादन, पशुपन्छीपालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेशम खेतीलगायत कृषिजन्य उत्पादन, बागवानी वा वनवाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुन सक्ने जग्गालाई बुझिन्छ । 


९. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

प्राकृतिक प्रकोपपीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम


१०. वृहस्पति र मङ्गल ग्रहको बिचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो ?

साइकी

(यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबल डी गेस्परिसले पत्ता लगाएका हुन् । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको छ ।)


११. ओबामा फाउन्डेसनद्वारा प्रकाशित उदाहरणीय महिलाको सूचीमा पर्न सफल नेपालकी सामाजिक अभियन्ता को हुन् ?

सनम डोका शेर्पा

नेपालमा रहेको द स्मल वल्र्ड (टिएसडब्लु) की निर्देशक शेर्पाले सोलुखुम्बुको दुर्गम गाउँमा बालिका शिक्षाको क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आउनुभएको छ । 

दुर्गम गाउँमा महिला शिक्षा तथा सशक्तीकरणमा भूमिका निर्वाह गरेको भन्दै फाउन्डेसनले शेर्पालाई ‘शिक्षा च्याम्पियन नेपाल’ को उपमा दिएको छ ।


१२. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?

ट्क्याक्स होलिडे


१३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?

नेपालगन्ज, बाँके


१४. नेपालको ‘माउन्ट फुजी’ भनी कुन हिमाललाई चिनिन्छ ?

मनास्लु 


१५. विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) महासचिव तथा प्रमुख कार्यकारी अधिकृतमा को चयन भएका छन् ?

जगन चापागाइ (सन् २०२४)

उहाँ दास्रो कार्यकालका लागि चयन भएका हुन् ।

पहिलो पटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारवर्षे कार्यकाल सम्हाल्नुभएको थियो ।

चापागाईं सन् २०२८ को जनवरीसम्म आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनुहुने छ ।

चापागाईं दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।

विश्वका १९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । 


१६. नेपालमा डिजिटल भिसा प्रणाली कहिलेदेखि लागु भएको हो ?

विसं २०७८ असार १४


१७. नेपालमा डिजिटल पासपोर्टको सुरुवात कहिले भएको हो ?

विसं २०७८ मङ्सिर १


१८. नेपालमा कफी दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

विसं २०६२


१९. फिफा महिला विश्वकप प्रतियोगिता–२०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ?

स्पेन 


२०. नेपालमा पहिलो पटक साइबर सुरक्षासम्बन्धी नीति कहिले बनेको हो ?

विसं २०८० साउन २३


२१. ९२ दिनमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ चुचुरा आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन् ?

क्रिस्टिना हरिला (नर्वे) र तेन्जेन शेर्पा (नेपाल) 


२२. राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा महिलाको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

५१.१३ प्रतिशत (पुरुष : ४८.८७ प्रतिशत)


२३. पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ को इन्टरनेसनल मेयर अवार्डबाट पुरस्कृत हुने नगरप्रमुख को हुन् ? 

रेनु दाहाल (प्रमुख : भरतपुर महानगरपालिका)


२४. सन् २०२४ मार्च १० मा नेपालमा भएको फाइनलमा साफ यु–१६ महिला फुटबल च्याम्पियनसिप २०२४ को उपाधि कसले जित्यो ? 

बङ्गलादेश

बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ ले हराएर सो उपाधि जितेको हो । 

प्रतियोगितामा नेपाल र भुटानसहित चार राष्ट्र सम्मिलित छन् । 


२५. मिस वल्र्ड–२०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ? 

क्रिस्टिना पाइस्कोभा (चेक रिपब्लिक)

सन् २०२४ मार्च ९ मा भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा उनले ७१ औँ मिस वल्र्डको उपाधि जितेकी हुन् । 

प्रतियोगितामा लेबनानकी यास्मिना जायतौन फस्र्ट रनरअप बनेकी छन् । ट्रिनिडाड एन्ड टोबागोकी अचे अब्राहम्स मिस वल्र्ड अमेरिका र लेसेगो चोम्बोले मिस वल्र्ड अफ्रिकाको उपाधि जितेका छन् । 

यस पटक नेपाल ब्युटी विथ पर्पस विधामा एसिया विजेता बनेको छ । 


२६. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ? 

मार्च ८

(११४ औँ (सन् २०२४) को नारा ः ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ)


२७. प्रमुख पर्यटकीय गन्तव्य एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?

वेलकम नेपाल


२८. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?

प्रकाशको आवर्तन 

(फरक माध्यममा प्रकाशको गति फरक फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)


२९. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?

प्रकाश विच्छेदन 

प्रस्तुतकर्ता : टङ्क केसी