• २३ कात्तिक २०८२, आइतबार

दृष्टिविहीन टी–२० महिला विश्वकप अम्पायरमा नेपालका गुप्ता

blog

रबिन्द्र गुप्ता ।

काठमाडौँ, कात्तिक २३ गते । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त हुनुभएको छ । 

उहाँ विश्वकप खेलाउन सोमबार भारत प्रस्थान गर्नुहुनेछ । भारतबाटै उहाँ नोभेम्बर १४ तारिख श्रीलङ्का जानुहुनेछ ।  विश्वकपको उद्घाटन खेल नोभेम्बर ११ तारिख नयाँदिल्ली र फाइनल खेल श्रीलङ्काको कोलोम्बोमा नोभेम्बर २३ मा हुनेछ । 

विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्यान्डले प्रतिस्पर्धा गर्देछन् । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक हुन लागेको हो । 

गुप्ता नेपालबाट सिनियर टालीको विश्वकपको खेल खेलाउने पहिलो अम्पायर पनि बन्नुहुनेछ । यसअघि उहाँले  विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरिसक्नुभएको थियो । 

उहाँ श्रीलङ्कामा हुने यस विश्वकपको भारत र पाकिस्तानबिचको खेलको अम्पायरिङ पनि गर्दै हुनुहुन्छ ।