काठमाडौँ, कात्तिक २३ गते । नेपाली क्रिकेटमा दुई दशक बिताउनुभएका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएको छ ।
हङकङमा जारी हङकङ सुपर सिक्सेसमा युएईविरुद्धको अन्तिम खेलसँगै भेषवाकरले आइतबार सन्न्यास लिनुभएको हो । यस प्रतियोगिातमा उहाँले नेपालको कप्तानी गर्नुभएको थियो ।
३७ वर्षीय भेषवाकरले सन् २००२ मा नेपाली यु-१५ राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । उहाँले सन् २००४ मा युएईविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो ।
आफ्नो खेल जीवनमा नेपाललाई पहिलो पटक आइसिसी टी-२० विश्वकप खेलाउनुभएको थियो । नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा उहाँ महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।
यस्तै नेपाललाई डिभिजन पाँचबाट एकदिवसीय मान्यतासम्म ल्याइपुर्याउन भेषवाकरको योगदान ठूलो छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा उहाँ टोलीको राजाईका खेलाडी हुनुहुन्थ्यो ।
हङकङमा सन्न्यास घोषणा गरेसँगै भेषवाकरले सामाजिक सन्जालमार्फत नेपाल क्रिकेट र सबैलाई धन्यवाद दिँदै अब बिदा हुन्छु भनेर सम्बोधन गर्नुभएको छ ।