जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने
जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
‘राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु’
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षको शपथ हुँदै
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको शपथ केहीबेरमा राष्ट्रपति भवनमा हुँदैछ ।
सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पुस्तान्तरणले कांग्रेसलाई बलियो बनाउँछ
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले कांग्रेसलाई बलियो र मजबुत मनाउन पुस्तान्तरण सहितको रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।
नेपालगन्जमा 'मौसमी भाइरल'का बिरामी बढ्दै
मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् ।
त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी पीएनजी
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्नेभएको छ ।
वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व पुरस्कृत
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आफ्नो २३ औँ वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएकालाई पुरस्कृत गरेको हो ।
जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
गुल्मीको मुसिकोट नगरपालिकामा सरकारी सेवा-सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो ।
बाँकेमा एक लाखभन्दा बढी बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप
बाँके जिल्लामा एक लाख ८८ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा नौको मृत्यु, दुई घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
तीन जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ ।
देशमा समृद्धिको खाका कोर्न समीकरण बदलियो
नेकपा (एमाले) का सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको बताउनुभएको छ ।
चेल्सीको प्रतिस्पर्धात्मक जित
चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।
इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरू
सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् रु धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरू मज्जासँग फुटबल खेल्छन् ।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु
जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार होटलमा बेहोस अवस्था भेटिएकी युवतीको मृत्यु भएको छ । मङ्गलबार बिहान ८ बजे पोखराकी अन्दाजी २७ वर्षीया खुश्बु सुनार सो होटलमा बेहोस अवस्थामा भेटिनुभएको हो ।
राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
'राजनीतिक दलमा शङ्का र अविश्वास त्याग्नु हितकर हुन्छ'
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तन ठुलो विषय नभएको जनाउँदै राजनीतिक दलहरूमा कायम शङ्काउपशङ्का र अविश्वास त्याग्नु हितकर भएको बताउनुभएको छ ।
गठबन्धनको नयाँ सहयात्राले राजनीतिक सङ्कटको समाधान गर्ने
नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक सङ्कटको हल गर्ने बताउनुभएको छ ।
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खास गरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।
जसपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ, फागुन २९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बुधबार प्रतिनिधिसभाबाट लिन लाग्नुभएको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिनुभएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वासको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ । प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । रासस