दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई आद्यान्न सहयोग
महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका ज्येष्ठ नागरिक खाद्यान्न वितरण गरिएको हो ।
‘नयाँ सत्ता समीकरणले जनतामा आशा जगाएको छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको जनाएको छ । एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।
४ गण हेडक्वाटरलाई बाहिनीपति कप उपाधि
सशस्त्र प्रहरी सङ्गठनको पेसागत गतिविधि चक्रअन्तर्गत सुनसरीको बराह वाहिनी पकलीमा सञ्चालित वाहिनीपति कप सशस्त्र प्रहरी बल नेपाल ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।
किशोरीले बजाए दमाहा
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कालीकोटमा किशोरीले दमाहा बजाएका छन् । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नारासाथ आज मनाइएको ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कालीकोटमा किशोरीले दमाहा बजाएका हुन् ।
युक्रेनमा लडिरहेका महिला सैनिकको रुसका राष्ट्रपतिद्वारा प्रशंसा
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गर्नुभएको छ ।
नारी दिवसका दिन महिला श्रम गर्नमा व्यस्त
शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिला मजदुरी गर्न व्यस्त छन् । घर खर्च टार्ने आर्थिक व्यवस्थापनका लागि यहाँका महिला मजदुरी काममा व्यस्त भएका हुन् ।
अविवाहित नागरिक सम्मानित
गुल्मीमा अविवाहित नागरिकलाई सम्मान गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ३४ जना अविवाहित नागरिकलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिनुभयो ।
नाइजेरियाली विद्यालयबाट २८० भन्दा बढी विद्यार्थी अपहरण
मुलुकको सबैभन्दा ठुलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।
मुख्यमन्त्रीद्वारा श्रेष्ठको सालिकमा माल्यार्पण
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा नगरपालिका –६ स्थित उद्योग वाणिजय संघको प्राङ्गणमा स्थापना गरिएको गोरखाको संस्थापक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा सामाजिक व्यक्तित्व चूडानारायण किसान बाबु श्रेष्ठको स्मरण गर्दै सालिकमा माल्यार्पण गर्नुभएको छ ।
प्रादेशिक ललितकला प्रदर्शनी हुने
कोशी प्रदेशको सुनसरीको इटहरीमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिने भएको छ ।
महिलामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन संयुक्त राष्ट्रसङ्घको तालिबानलाई आह्वान
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले तालिबानसँग महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिनुभएको टोलो न्युजले जनाएको छ ।
अमेरिकी अर्थव्यवस्थामा सुधार आएको राष्ट्रपति बाइडेनको दाबी
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा उहाँले हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुभएको छ ।
कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला
इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उद्यमी महिलालाई सम्मान
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रामधुनीनगर पालिका क्षेत्रका महिला उद्यमीहरूलाई सम्मान गरिएको छ । नगरपालिकाको सहयोगमा थारु महिला सभा रामधुनीको आयोजना र सेभ द अर्थ सुनसरीको समन्वयमा नगरक्षेत्रका १२ जना अग्रसर, नेतृत्वकर्ता महिलाहरूलाई सम्मान गरिएको हो ।
महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला सुरु
तनहुँको दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको अनसनचौतारी, खुलाचौरमा फागुन २७ गते सम्म चल्ने छ ।
बोलेरो दुर्घटना हुँदा १२ जना घाइते
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१ हत्पतेडाँडास्थित गागन-लङ्गुरखोला भित्री सडकमा बोलेरो दुर्घटना हुँदा १२ जना दर्शनार्थी घाइते भएका छन् ।
तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको भिड
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ । नेपाल कै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा हजारौँ भक्तजनहरूले पूजापाठ गरेको समितिले जनाएको छ ।
महिला अधिकारका लागि छुट्टै निकाय स्थापना हुन्छ: मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने बताउनुभएको छ ।
हिल्सा सिमकोट सडक आयोजनालाई बजेट अभाव
हिल्सा सिमकोट सडक आयोजनालाई बजेट अभाव भएको छ । आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम विनियोजित भएपछि बजेटको अभाव देखिएको हो ।
संरक्षणको पर्खाइमा किम्नी झरना
बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नी झरना संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय रूपले लोभलाग्दो भए पनि व्यवस्थापन हुन नसक्दा झर्ना लामो समयसम्म संरक्षणको पर्खाइमा रहेको हो ।
फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा
काठमाडौँ गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर गौशाला प्रहरीका अनुसार फर्निचर कारखानामा दिउँसो २ बजेदेखि आगलागी भएको थियो ।
बेहडाबाबा मन्दिरमा आकाशबाट पुष्प वर्षा
कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रिको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।
महिला दिवसका अवसरमा बेनीमा प्रभातफेरी
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा म्याग्दीको बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा आयोजना गरिएको प्रभातफेरीमा महिला अधिकारकर्मी, विभिन्न सङ्घ संस्था, कर्मचारी र राजनीतिक दलमा आबद्ध महिलाको सहभागिता रहेको थियो ।
बर्दिबासमा जनजाति महोत्सव सुरु
महोत्तरीमा बसोबास गर्ने जनजातिहरूको संस्कृति संरक्षण संवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आदिवासी जनजाति महोत्सवको चौथो संस्करण बर्दिबासमा सुरु भएको छ ।