भेरी अस्पतालका सुत्केरीलाई पौष्टिक आहार वितरण
अखिल नेपाल महिला सङ्घ बाँकेले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भेरी अस्पतालका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ।
पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भिड
महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भिड लागेको छ ।
नक्कली औषधी बेच्ने पसलमा सिलबन्दी
नक्कली औषधी बिक्री गर्ने पसल बन्द गरिएको छ । अनुगमनका क्रममा त्यस्तो भेटिएपछि पसल बन्द गरिएको हो । पसल र बिक्रेता दुवै नक्कली भएको पाइएपछि पसल बन्द गरेर बिक्रेतालाई पक्राउ गरिएको छ ।
एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माण अन्तिम चरणमा
नेपालगञ्ज रङ्गशालामा गत वर्ष वैशाखमा सुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्ति मचरणमा पुगेको छ ।
उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
सिन्धुलीमा खानेपानीको समस्या
सुख्खा मौसम सुरु भएसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा खानेपानीको समस्या भएको छ । सुख्खा मौसमका कारण मुहानमा नै खानेपानीको स्रोत घट्दै गएपछि समस्या भएको उपभोक्ता बताउँछन् ।
विवाहको लागि हिँडेको स्कार्पियो दुर्घटना
जिल्लाको पाणिनी गाउँपालिका –७ अड्गुरीमा शुक्रबार दिउँसो स्कार्पियो दुर्घटना भएको छ । स्कार्पियोमा सवार ७ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
सरकारमा सहभागी हुन अन्य राजनीतिक दललाई एमालेको आग्रह
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।
नेकपा एमाले गोरखाको जिल्ला अधिवेशन आजबाट सुरु
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका-८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
महिला भलिबल खेलाडी सम्मानित
महिला भलिबल टिमका खेलाडीलाई सम्मान गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला भलिबल टिमका खेलाडीहरूलाई रामपुर नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
बर्दिबासमा महिला दिवस मनाइयो
बर्दिबासमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । बर्दिबास नगरपालिकाको आयोजनामा शुक्रबार यहाँ एक सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस दिवस मनाइएको हो ।
गलेश्वर मन्दिरमा दर्शनार्थीको भिड
हिन्दूधर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।
विभेद हटाउन तीनै तहका सरकार क्रियाशील हुन आवश्यक
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महिला र पुरुषका बिचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ तीनै तहका सरकार क्रियाशील हुन आवश्यक रहेकोमा जोडदिनुभएको छ ।
‘महिला सशक्तीकरणका लागि नीतिगत व्यवस्था छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ ।
कनकाई सिँचाइको नहरमा डुबेर वृद्धको मृत्यु
झापाको शिवसताक्षीमा एकजना वृद्धको नहरमा डुबेर मृत्यु भएको छ ।बिहीबार स्थानीय वडा नं ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।
अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना
गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन ।
नेकपा एमालेको सचिवालय बैठक जारी
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको हो ।
फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छ
महिलामाथि हुने विभेद आपसी सहकार्यबाट तोड्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले यस्तो बताउनु भएको हो ।
विद्युत् अनियमितता बढ्यो
समुदाय मिलेर विद्युत् विस्तार गरिएका स्थानमा विद्युत् अनियमितता बढेको छ । पाल्पा जिल्लाको विभिन्न स्थानमा दुई दशकदेखि सामुदायिक विद्युतीकरणमार्फत बिजुलीबत्ती विस्तार भएका स्थानमा विद्युत् अवरोध बढेको हो । ती क्षेत्रमा बिजुलीबत्ती अनियमित हुने, बिग्रिएका स्थानमा लामो समयसम्म मर्मतसम्भार नहुने कारणले उपभोक्ता समस्यामा परेका छन् । समुदायबाट सञ्चालित विद्युतीकरणमार्फत विद्युत् विस्तार भएका स्थानमा काठका पोल भाँचिदा फेर्न समय लाग्ने गरेको छ ।
प्रभावकारी बन्यो पालिकाको जेसिबी
आर्थिक वर्ष २०७९/८० मा साँगुरीगढी गाउँपालिकाले पालिकाभित्र बर्खाका कारण बन्द तथा भत्किएका सडक सरसफाइ गर्न करिब ५० लाख रुपियाँ खर्च ग¥यो । ५० लाख रुपियाँ खर्च गर्दा सामान्य भ
सुन्दर ईश्वरपुर बनाउने अभियानमा छौँ
सर्लाहीका २० वटा पालिकामध्ये ईश्वरपुर नगरपालिकाले माछा उत्पादन र अन्न भण्डारको पहिचान बनाएको छ । सर्लाही जिल्लाकै सबैभन्दा ठुलो १६३.८३ बर्ग किलोमिटर क्षेत्रफल भएको यस नगरपालिकामा १५
पाथीभराको सुनचाँदी लिलाम बिक्री गरिँदै
ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम बिक्री गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम बिक्री प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।