• २३ वैशाख २०८२, मङ्गलबार

‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ चौलागाई र राजवंशीलाई

blog

फोटो पत्रकार शेखरनाथ चौलागाई र वरिष्ठ कम्प्युटर अपरेटर अनिल राजवंशी ।

काठमाडौँ, वैशाख २२ गते। गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ द्वारा ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ सहायक फोटो पत्रकार शेखरनाथ चौलागाई र वरिष्ठ कम्प्युटर अपरेटर अनिल राजवंशीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ का महासचिव विजय न्यौपानेले सोमबार निर्णय सार्वजनिक गर्दै यस वर्ष पन्ध्रौं पटक प्रदान गरिने सो पुरस्कार चौलागाई र राजवंशीलाई दिइने निर्णय भएको जानकारी दिनुभयो।

संस्थानमा चौलागाई २०५४ साल असार २४ गतेदेखि र राजवंशी २०६४ साल पुस २४ गतेदेखि सेवारत हुनुहुन्छ। 

पेसागत इमानदारी, व्यवसायिक कुशलता, कार्य प्रतिबद्धता तथा अनुशासनका आधारमा उहाँहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उहाँको भनाइ छ। 

गोरखापत्रको एक सय २५ औं वार्षिकोत्सवको अवसरमा वैशाख २४ गते आयोजना गरिने औपचारिक कार्यक्रममा उहाँहरुलाई नगद पाँच/पाँच हजार रुपियाँ र कदरपत्रसहित संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिने बताइएको छ।