खोले साग बिक्रीबाट मनग्य आम्दानी
नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे (खोले) सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।
रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुटवलमा 'बाआमासँग नगर प्रमुख' कार्यक्रम
ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्न थालेपछि बुटवलका नागरिक खुसी भएका छन् । बुटवल उपमहानगरपालिकाले चिकित्सकसहितको टोलीसहित घरघरमा लगेन चेकजाँच गर्ने अभियान चलाएको छ ।
चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
गुल्मीमा पूर्व प्रहरी सङ्गठनले बुझायो ज्ञापनपत्र
नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय समितिको निर्णय अनुसार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको नेपाल पूर्व प्रहरी सङ्गठन गुल्मीका पूर्व अध्यक्ष एवम् संरक्षक ओमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यलाई सभाको गरिमा कायम राख्न सुझाव
राष्ट्रिय सभा सदस्यहरूले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिनुभएको छ ।
नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।
सिरियानाकामा खानेपानीको समस्या
हिउँदमा खोलामा पानी सुक्ने भएपछि राजपुर गाउँपालिका-१ सिरियानाका निवासी मनकुमारी पुनलाई खानेपानीको समस्याले सताउन थालेको छ ।
हुसेन र हसनद्वारा पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग
तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत जबाफदेही अदालतमा पुनरावेदन गरेका छन् ।
हनुमानढोका सौन्दर्यकरणमा स्थानीय अपनत्व जरुरी
नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यकरण अभियानअन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ ।
मेशिनबाट आँखाको शल्यक्रिया
पाल्पामा मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु भएको छ । यसअघिसम्म विना मेशिन शल्यक्रिया गरिदैआएकोमा अबदेखि मेसिनको सहायताले माोतियाबिन्दुको शल्यक्रिया सुरु गरिएको हो ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
भूमिसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री अधिकारी
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
भन्सार गेट अगाडि रात्रिकालीन आवागमन गराइने
नेपालगञ्जस्थित भन्सार कार्यालय अगाडि रातिको समयमा आवागमनमा हुँदैआएको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।
नश्ल सुधार गरिएका बाख्राप्रति आकर्षण
सिन्धुलीको फिक्कल गाउँपालिकाका विपन्न किसानहरू नश्ल सुधार गरिएको बाख्रापालन व्यवसायप्रति आकर्षित भएका छन् ।
‘प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँ ’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताउनुभएको छ ।
‘नयाँ गठबन्धन निरन्तर जान्छ’
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताउनुभएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर गर्नुभयो ।
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्ताबापतको मुआब्जा बुझेका छन् ।
कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा
बाजुरामा उत्पादन भएको नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तड छेडेदह, बडिमालिका र त्रिवेणी लगायतका विभिन्न स्थानीय तहमा अहिले नेपाली हाते कागज उत्पादन हुन्छ ।
चीनद्वारा छ युरोपेली देशका लागि भिसा–मुक्त नीति घोषणा
चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ ।
पशुपतिमा साधुसन्तको चहलपहल (फोटो फिचर)
भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ ।
फरार प्रतिवादीलाई पक्राउ गर्दै प्रहरी
कैलाली प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । अदालतले कैद सजाय र जरिवाना सुनाएपछि फरार भएका विभिन्न मुद्दाका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।
बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।