युवालक्षित वृत्ति मार्गनिर्देशन सेवा सुरु
विद्यार्थी तथा युवालाई उनीहरूको रुचि र खुबीका आधारमा भविष्यमा अध्ययन गर्ने विषय तथा रोजगारीका सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले बागमती प्रदेशमा ‘वृत्ति मार्गनिर्देशन सेवा’ को सुरुवात गरिएको छ । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल मेउलीले धुलिखेलमा एक कार्यव्रmमका बिच वृत्ति मार्गनिर्देशक सेवाको शुभारम्भ गर्नुभएको हो ।
सत्र सयभन्दा बढीलाई जग्गाको निस्सा
दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये आठ स्थानीय तहका १७ सयभन्दा बढी भूमिहीन दलित, सुकुमवासी र अव्यव्स्थित बसोबासीलाई जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग दैलेखले पत्रकार सम्मेलन गरी फागुन २० गतेसम्म एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिएको हो । राष्ट्रिय भूमि आयोग दैलेखका विज्ञ सदस्य बखतबहादुर कटुवालले जिल्लाको आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका बाहेक आठ स्थानीय तहका एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।
लालपुर्जाको आसमा पचास वर्ष
वीरेन्द्रनगर नगरपालिका–१० स्थित पठान टोलमा विसं २०२४ देखि बस्दै आएका भीमबहादुर सुनार ७२ वर्षका भए । पाँच दशकभन्दा बढी समय बसोबास गरेको ठाउँको लालपुर्जा नहुँदा सुकुमवासीको परिचय फेरिएको छैन । कहिलेकाहीँ भीमबहादुरलाई लाग्छ, दलित भएकै कारण पनि उपेक्षामा परियो । उहाँलाई यस्तो किन पनि लाग्छ भने पठान टोलको सिङ्गै बस्ती दलित समुदायको छ । जग्गाधनी पुर्जा नभएकै कारण विभिन्न सेवाबाटसमेत वञ्चित हुनु परेको तितो अनुभव उहाँसँग छ । भीमबहादुर जस्तै पठान टोलका ११७ परिवारसँग जग्गाधनी पुर्जा छैन ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी
सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाबी गरेको छ । नयाँ गठबन्धन बनेपछि सत्तारूढ दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । सरकारबाट नेपाली कांग्रेस मङ्गलबार बाहिरिएसँगै कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितको गठबन्धन सरकार बन्ने छ । अब बन्ने सरकारको नेतृत्वमा एमालेले आफ्नो दाबी गरेको हो ।
जाखोर तालमा हटाइयो जलकुम्भी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ । देवहरिया वनस्पति उद्यानस्थित सो तालमा ढाकिएको मिचाहा प्रजाति जलकुम्भी हटाइएको छ । जाखोर तालमा नियमित सरसफाइ नहुँदा कुरूप बन्दै गएको थियो । सुक्खा नलाग्दै पानी सुकेर बगर जस्तो बन्ने समस्या थियो । मिचाहा प्रजाति जलकुम्भी सफा गरिएपछि विभिन्न प्रजातिका जलीय वनस्पतिसहित चराको उपस्थिति बढेको देवहरिया वनस्पति उद्यानले जानकारी दिएको छ ।
घटालथान निर्माण कार्य अधुरै
नयाँ शैलीमा निर्माण गरिएसँगै स्वरूप परिवर्तन हुँदै गएको प्रसिद्ध धार्मिक पीठ घटालथानको भौतिक पूर्वाधार निर्माणको काम अधुरै रहेको छ । सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको थियो । बजेट अभावमा यस वर्षदेखि भने भौतिक पूर्वाधार निर्माको काम रोकिएको छ । डोटी खोलामा रहेको घटालथानको घटोत्चक बाबाको मूर्ति परिसरमा पर्खाल, थानको निर्माण, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोलामा आउजाउ गर्न पुल र सिँढी बाटो निर्माण गरिएको छ ।
छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् ।
आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
सरकारको कार्यभार
सत्ता साझेदार चार राजनीतिक दलबिचको समझदारी अनुसार मन्त्रीपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १९ मन्त्री नियुक्त गरी कार्यविभाजनसमेत गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति पौडेलसमक्ष बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नयाँ राजनीतिक ध्रुवीकरणसहित बनेको यो सरकार संविधानले निर्दिष्ट गरेको लक्ष्यबमोजिम समाजको खुसी र मुलुकको समृद्धिका लागि दत्तचित्त भई अगाडि बढ्ने आमविश्वास र भरोसा छ । नवनियुक्त मन्त्रीहरूले पदबहाली गरेसँगै व्यक्त गर्नुभएका अभिव्यक्तिले त्यही सन्देश प्रवाह गरेको छ ।
राष्ट्रिय सुरक्षामा समर्पित सेना
नेपाली सेना राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । नेपालको एकीकरणदेखि इतिहासका विभिन्न कालखण्डमा मुलुकको सुरक्षामा सेनाको प्रशंसनीय योगदान छ । बाह्य शक्तिलाई परास्त गरेर मुलुकको स्वतन्त्रता बचाउने राष्ट्रिय विभूतिहरूको नाम नेपालको सैन्य इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । विभिन्न राजनीतिक व्यवस्थाको परिवर्तनमा पनि नेपाली सेना सदा अटल र स्थिर रही राष्ट्रको सुरक्षा र सेवामा समर्पित छ । यस्तो गौरवमय इतिहास बोकेको सैन्य सङ्गठन, सरकारको आदेशलाई शिरोपर गर्दै सुरक्षाको अहम् जिम्मेवारी पूरा गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो स्वच्छ छवि राख्न सफल भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाली भाषा
सर्वप्रिय भगवान् शिव
भगवान् शिवबारे हरेक पुराण बोल्छन् । अझ शैवपुराणले त पूर्ण रूपमा शिवको महिमा प्रस्तुत गर्छ । हुन त शिवलाई हेर्ने दृष्टि पनि अनेक छन् । उहाँलाई सृष्टिकर्ता ईश्वर मान्नेहरू पनि छन् । संहारक देवता मान्नेहरूको पनि कमी छैन । केही आफ्नो जीवनकालका शक्तिशाली योद्धा भएकाले उहाँले आफ्ना राज्यका नागरिकलाई अभय प्रदान गर्ने गरेको ठान्छन् । जसले जहाँ, जसरी वर्णन र व्याख्या गरे पनि उहाँ चराचर जगत्का सर्जक, पालक र संहारकका रूपमा चिनिनु हुन्छ । साँच्चै भन्नुपर्दा उहाँ प्रकृतिका उन्नायक एवं सारा प्राणीका परिपोषक शक्ति हुनुहुन्छ र उहाँको सायुज्यधाम भनेकै कैलाश पर्वत हो ।
उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
गोरखा नगरपालिकाको १३ औ नगर सभा समापन पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । उपप्रमुख सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित नगर सभाका सदस्यहरूले बिहीबार एक बिज्ञाप्ती जारी गर्दे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहार प्रति आपत्ति जनाएका छन् ।
महिलाको राजनीतिक अधिकार स्थापित भएको छः सभामुख
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
इतिहास लेखिएको त्यो दिन
उन्नाइसौँ शताब्दीमा न्याय र समानताका लागि संसारभरका महिलाले गरेका सङ्घर्षका गौरवगाथा बोकेका र अधिकारको सङ्कल्प गरेका उत्सवका रूपमा स्मरण गर्न गरिएको ८ मार्च आजका सन्दर्भमा उत्तिक स्मरणयोग्य र सान्दर्भिक छ । उन्नाइसौँ शताब्दी र एक्काइसौँ शताब्दीका तुलना गर्दा ८ मार्चका औचित्य पूरा हुन सकिरहेको छ कि छैन ? संसारभरका महिलाले यसलाई कसरी बुझेका छन् र ग्रहण गरेका छन् त ? ८ मार्चका ऐतिहासिक मूल्यमान्यता र उद्देश्यप्रति कस्ता मूल्याङ्कन गरेका छन् ? आ
गोरखापत्रकर्मी खतिवडा सहित ३० जना महिला सम्मानित
चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका महिलालाई सम्मान गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समाजवादी आन्दोलनमा महिला
मार्च ८ श्रमजीवी महिलाको एकता, वीरता र सङ्घर्षको प्रतीकको दिन हो । यस दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । ८ मार्च महिलाको ऐतिहासिक, सङ्घर्षशील एवं गौरवमय गाथासँग गाँसिएको दिन पनि हो । महिलामाथि भइरहेका शोषण, भेदभावविरुद्ध स्वयम् महिलाकै अग्रसरतामा आन्दोलन हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय मेयर अवार्ड रेणु दाहाललाई
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई लन्डनस्थित संयुक्त अधिराज्य(बेलायत) को संसद् हाउस अफ कमन्समा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको छ ।
महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गनुभएको छ ।
पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छु – प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ : रक्षामन्त्री
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिनुभएको छ ।
सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ ।
महिलाको समान सहभागिता
यस वर्षको मार्च ८ लाई ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा विश्वभर मनाइँदै छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित यस वर्षको महिला दिवस मनाइँदै छ । यस दिवसको अवसर पारेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिन्छ । लैङ्गिक समानतासहितको महिला सशक्तीकरणका लागि यस्ता अभियान सञ्चालन हुँदै आएका छन् । विश्व महिला आन्दोलनकी नेतृमध्ये क्लारा जेट्किन पनि एक हुन् । उनले पनि यो आन्दोलनलाई अगाडि बढाएकी थिइन् । क्लाराले नै महिलाको समान अधिकारको माग गरेकी थिइन् ।