पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
महिलाको प्रगतिबाट सबै लाभान्वित: उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
आज सेना दिवस, सैनिक मञ्च टुँडिखेलमा मनाइदै
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ ।
राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
लक्ष्यको त्रिहत्तर प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपियाँ रहेकामा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३.४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
विदेशबाट फर्किएपछि कफी उद्योग
पाल्पामा एक युवाले आफ्नै लगानीमा कफी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाको रामपुर–५, भम्बकका प्रेमबहादुर सिंहले आफ्नै लगानीमा कफी उद्योग सञ्चालन गर्नुभएको हो । नौ वर्षअघि दक्षिण कोरियाबाट फर्कनुभएका सिंहले २० लाख रुपियाँ लगानी गरेर कफी उद्योग सञ्चालन गर्नुभएको हो । विदेशमा सिकेको सिपलाई स्वदेशमा फर्किएर प्रयोगमा ल्याउन उद्योग सञ्चालन गरेको सिंहले बताउनुभयो ।
इन्टरनेट गेटवेको सम्भावना अध्ययन गर्न समिति
नेपाल सरकारले अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे (ब्यान्डविथ प्लेटफर्म) को सम्भावना अध्ययन गर्ने भएको छ । नेपालमा विभिन्न इन्टरनेट सेवाप्रदायकले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ छुट्टाछुट्टै रूपमा खरिद गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेका छन् । इन्टरनेट सेवा प्रदायकले विभिन्न अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवाप्रदायक/विक्रेताबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्दा मूल्य र गुणस्तरमा एकरूपता नभएको, उपभोक्तालाई इन्टरनेटको गुणस्तरको प्रत्याभूति समान रूपमा दिलाउन नसकिएको, मूल्यमा पनि एकरूपता हुन नसकेको र इन्टरनेटमार्फत भित्रिने कन्टेन्टलगायतको नियमन गर्न कठिनाइ भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो पहल गर्न लागेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार पदभार ग्रहण गर्दै नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
शिवरात्रिमा चार हजार प्रहरी परिचालन
महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।
हनुमानढोका सौन्दर्यीकरण अभियान
नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यीकरण अभियान अन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ ।
दर्शन गर्न भक्तजनलाई सहज
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाटै छिटै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिष विशाल भण्डारीले आकार निराकार दुवै तरिकाले शिवको आराधना गर्न सकिने पुज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादसैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो ।
ऋण तिर्दिनँ भन्ने प्रवृत्ति नियन्त्रण गरिने
बैङ्कको ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्ने भएको छ । नेपाल बैङ्कर्स सङ्घका पदाधिकारीसँगको बिहीबारको भेटका क्रममा नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताउनुभएको हो ।
निमित्त उपकुलपति नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा प्राडा केशरसिंह रानालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । तत्कालीन उपकुलपति प्राडा नन्दबहादुर सिंहको चारवर्षे कार्यकाल सकिएपछि यो विश्वविद्यालय फागुन १९ गतेदेखि उपकुलपतिविहीन थियो । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी सहप्राध्यापक कर्णबहादुर थापालाई दिइएको छ । यहाँ पनि तत्कालीन उपकुलपति प्राडा अमरराज जोशीको कार्यकाल फागुन १९ गते सकिएको थियो ।
पीडितले रुचाएनन् नमुना बस्ती
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४, सुन्दरखालमा नमुना बस्ती निर्माण गरिएको चार वर्ष भए पनि मानिसलाई त्यहाँ बस्ने रुचि नै हुँदैन । आधारभूत सेवा उपलब्ध नभएका कारण उनीहरू परम्परागत र जोखिमयुक्त बस्तीतिरै आकर्षित हुन थालेका छन् । बस्तीमा विद्यालय एउटा मात्रै छ । अझै पनि खानेपानी, स्वास्थ्य, विद्युत, यातायातलगायतका आधारभूत सेवासुविधा पु¥याइएको छैन । नमुना बस्तीमा निर्माण गरिनुपर्ने सेवासुविधा नहुँदा बस्तीमा बसोबास गर्ने समुदायको सङ्ख्या घट्दो छ । सो बस्तीमा सडक, विद्युत्््, खानेपानी जस्ता सेवासुविधा नहुँदा बस्तीका बासिन्दा सुविधायुक्त गाउँतिरै बस्ने गरेका छन् ।
ओलीप्रति आशावादी छौँ : महासचिव चन्द
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति देशको समृद्धिप्रति आशावादी रहेको बताउनुभएको छ ।
विभिन्न क्षेत्रका ३० महिला सम्मानित
चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने महिलालाई सम्मान गरेको छ ।
‘भ्रष्टाचार नियन्त्रण गर्न तीनै सरकार लाग्नुपर्छ’
बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने सुझाव दिनुभएको छ ।
कबड्डी सुपर लिग : आर्मी र एपिएफ फाइनलमा
नेपाल आर्मी र एपिएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
उपलब्धिमाथि खतरा उत्पन्न हुँदा गठबन्धन फेरियो : उपाध्यक्ष सापकोटा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएपछि गठबन्धन परिवर्तन गर्नुपरेको बताउनुभएको छ।
आयोजक झापा–११ सेमिफाइनलमा
आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।
सामुदायिक विद्यालयका शिक्षकले अन्यत्र पढाउन नपाइने
झापाको कमल गाउँपालिकाले विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई कारबाही गर्ने भएको छ । विद्यालय समयपछि अन्य विद्यालयमा पढाउन पनि अनुमति लिएर मात्र जान पाउने भन्दै सामुदायिक विद्यालयहरूलाई परिपत्र गरेको हो ।
अपहरित बालकको उद्धार, एक जना पक्राउ
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकाबाट अपहरणमा परेका एक बालकलाई सकुशल उद्धार गरिएको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।