• २२ वैशाख २०८२, सोमबार

असिनापानी भत्कियो निर्माणाधीन घर, आर्थिक समस्याले पुनर्निर्माणमा समस्या

blog

असिनापानीले भत्किएको घर । तस्बिरःशंकर केसी

शंकर केसी
सल्यान, वैशाख २२ गते ।
वर्षाका कारण सल्यानमा निर्माणाधीन घर भत्किएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ५ जुमखोला हिले निवासी हिमलाल सुनारको घर आइतबार रातिको असिना पानीका कारण भत्किएको हो ।

निर्माण कार्य भइरहेको घर असिनापानीबाट बचाउन कोसिस गरिए पनी सम्भव नभएको घरधनी हिमलालले बताउनुभयो । आवास निर्माणका लागि बल्ल तल्ल केही रकम जोहो गरेर दुई तलाको चारकोठे घर निर्माण गर्न लगिएकोमा वर्षाका कारण क्षति भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सोमबार क्षति भएको घरको स्थलगत अवलोकन गर्नुहुँदै कालिमाटी, ५ का वडाध्यक्ष टोपेन्द्र कार्कीले आर्थिक अवस्था कमजोर भएका हिमलालको घरको पुनर्निर्माणमा सक्दो सहयोग गर्न सबैमा अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो तर्फबाट दुई हजार रुपियाँ सहयोगको प्रतिबद्धता पनि जनाउनुभएको छ ।